दमक । दश वर्षअघिसम्म गर्मी मौसममा सिरक ओडेर सुत्ने पहाडी जनजिवन हिजोआज फेरिएको छ । तराई, भित्री मधेसमा हुने गर्मी पछिल्लो वर्षहरुमा पहाडतिर उल्कन थालेपछि पहाडमा पनि जनजिवन उकुसमुकुस भएको हो ।
गर्मीमा पनि चिसो मौसम भनेर चिनिएको पहाडी जिल्ला दैलेख मात्र होइन पूर्वी पहाडी जिल्ला भोजपुर, धनकुटा, तेह्रथुममा पछिल्लो १० वर्षयता सवैभन्दा बढी गर्मी महशुस गरिएको छ । रातमा सिरक ओड्ने यहाँका स्थानीयहरु अचेल गर्मीसंगै लामखुट्टेको सामान गरिरहेका छन् । कोठा राति सुत्न पंखाको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । बस्नका लागि हावापानीको हिसावले मध्यम मानिने पहाडमा गर्मी बढ्न थालेसंगै जनजिवन प्रभावित पारेको छ । गर्मीकै कारण पानीका मुहानहरु सुकेसंगै खानेपानी, तरकारी, खेतमा पानीको हाहाकार हुने गरेको छ ।
पछिल्लो वर्ष गर्मी पहाडमा यतिसम्म बढ्यो की सामान्यतया बाहिर काम गर्न जान समेत हम्मेहम्मे हुन थालेको किसानहरु बताउँछन् । गर्मीकै कारण पहाडमा दिउँसो हिडडुल समेत कम भएको छ । गर्मी महशुस नहुने दैलेखमा निकै गर्मी हुने गरेको नारायण नगरपालिका –१ दैलेख बजारका अभिषेक सोनीले बताए । यस्तै प्रकृतिको उत्तर दिन्छन भोजपुर प्याउलीका शंखरमान कार्की । कार्की भन्छन– तराईका मान्छेहरु ओहोरदोहोर गर्न थालेपछि तराई गर्मीमा देखिने मच्छरदेखि अनेकन रोगहरु आएको उनी बताउँछन् । ‘विगतभन्दा हिजोआज विभिन्न कारणले होला खोलानाला सुकेको छ । हावापानीमा परिवर्तन आएको छ ।’ स्थानीय अभिषेक सोनीले भने, साँझमा सिरक ओडेर सुत्ने गरेकोमा अहिले उकुसमुकुस हुने गरेको छ ।’
गर्मी बढ्दै जाँदा पहाडमा पानीका मुलहरु सुकेका छन् । बत्तीको सुविधा भएको गाउँहरुमा पंखाको प्रयोग बढेको छ । सामान्यतया पहाडमा घर बनाउँदा पंखाको डिजाईन राखिदैनथ्यो तर, अहिले एसी र पंखाको डिजाईनसहितका घरहरु बनेका छन् । पहाडमा पछिल्लो समय भएको विकास गतिविधिले पहाड चिराचिरा परेको, पानीका मुहान सुकेको, वन क्षेत्र घट्दो अवस्थामा लगायतका कारणले मौसम परिवर्तन हुन पुगेको हुनसक्ने आंकलन समेत गरिएको छ । गर्मी नै महशुस नहुने दैलेख बजारमा पनि गर्मी बढी नै भएको दैलेख बजारका स्थानीय ब्यवसायी राजेश कुमार हमालले बताए ।
तराईमा मात्र भेटिने कालाजारका विरामी पछिल्लो १० वर्षयता पहाड हुँदै हिमाली जिल्लामा समेत देखिन थालेका छन् । गर्मी मौसममा देखिने लामखुट्टेको टोकाईबाट सर्ने कालाजारका विरामी कालिकोट, जुम्ला र दार्जुला लगायतका जिल्लामा ५ वर्षअघि देखि देखिन थालेको त्यहाँको स्वास्थ्य सेवा कार्यालयको तथ्यांकले देखाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो