इटहरी । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्धारा कोशी प्रदेशमा पहिलो पटक प्रादेशिक ललितकला महोत्सव तथा प्रदर्शनीको आयोजना हुँदैछ । केन्द्रीकृत रुपमा सञ्चालन हुँदै आएको यो कार्यक्रमले सातै प्रदेशमा गरेर ऐतिहासिकता समेत कायम गर्दैछ ।
इटहरीको इटहरी मेट्रिक्सको सभाहलमा तीन दिनसम्म चल्ने उक्त कार्यक्रमको समुद्घाटन फागुन २९ गते हुने मुर्तिकार तथा कलाकार अनि यस कार्यक्रमका कोशी प्रदेश उपसंयोजक समेत रहेका विक्रम तिम्सिना (विक्रमश्री) बताउँछन् ।
१ करोड बढी खर्च लाग्ने अनुमान गरिएको यस कार्यक्रममा इटहरी उपमहानगरपालिकाको आतिथ्यतामा कार्यक्रमको व्यवस्थापन गरिएको विक्रमश्रीले बताए । प्रदेश भरिका ललितकलासँग सम्बन्धित सबै विधाहरु जस्तै चित्रकला, मुर्तिकला, वास्तुकला, फोटोग्राफी, इन्टलेसन अर्थात प्रतिष्थापन, पफर्मिङ, लोककला, हस्तकलालगायत ९ वटा जति विधामा काम गरिरहेका सर्जकहरुले आ–आफ्ना कलाकृति ल्याएर प्रदर्शनीमा सहभागी हुने भएका छन् । २, ३ दिनसम्म प्रदेशभरिका कलाकारसँगै रहेर सृजना गर्ने, प्रदर्शनीमा भाग लिने र यहाँ भएका विभिन्न इभेन्टहरुमा सरिक हुने एउटा माहोल सृजना हुन्छ । सँधै काठमाडौंमा हुने कार्यक्रम विकेन्द्रीत गरेर प्रदेशमा ल्याएकोले पनि यो ऐतिहासिक कार्यक्रम हुनेछ । ललितकला प्रतिष्ठानको प्राज्ञिक टिमले यो कार्यक्रमलाई विकेन्द्रीत गरिएको छ । यसबाट सबै कलाकारहरु खुशी भएका छन् । करिब ३ सय कलाकार एकै ठाउँमा भेट भएर रमाइलो र उत्सवमय हुने विक्रमश्रीले बताए । आउने १५ गतेसम्म सबैका कलाकृतिहरु बुझाउने समय राखिएको र कार्यक्रमको तयारी तिव्र रुपमा अगाडि बढिरहेको छ ।
सृजनशिलता भनेको सभ्यता र समृद्धिको आधारशिला हो । कलाकारिताको विकासबाटै इनोभिएसन, क्रिएसन, आविष्कारहरु हुने हुनाले चेतनाको एउटा सघन पाटोको रुपमा लिने गरिन्छ । राजनीतिक विकृतिका कारणले मानिसहरु अल्छि, आलस्य भएका छन् । श्रमबाट पलायन भएका छन् । वैदेशिक रोजगारको अवस्था हेर्दै त्यो कुरा थाहा पाउन सक्छौं । सृजनशिलताको पाटोमा राज्यले महत्व दिने हो भने हामी जुन पाटोबाट काम गरिरहेका छौं त्यो मुलुकको मेरुदण्डको रुपमा उभिन सक्छ । पर्यटनको आधार पनि सृजनशिलता नै हो, मौलिकता हो । यस पटकको कार्यक्रममा हामीले रैथाने कला र रैथाने सर्जकहरुलाई माथि उठाउने उद्देश्य पनि जोडिएर आएको छ । विभिन्न जाति र समुदायभित्रका सृजनात्मक क्षमताहरुलाई त्यहाँका शिल्प, कलाकारहरु, त्यहाँका परम्परागत, मौलिक र नयाँ प्रयोग गरिएका सृजनाहरुलाई प्रदेशमा पहिलो पटक बाहिर ल्याउने ठूलो अवसरका रुपमा हामीले प्राप्त गरेका छौं । पहिचानका निम्त सरल र सहज ढंगबाट पहिचानको पाटोबाट मद्दत पु¥याउँछ भन्ने पनि हो ।
दुरदराज वा टाढाबाट आउने सर्जकका लागि आउनेजाने भाडासहित खाने बस्ने व्यवस्था मिलाइएको छ । सृजना नभएकाहरुलाई सहभागी गराएर लुकेका, छिपेका सर्जकलाई पनि बाहिर निकाल्ने गरी कामहरु अगाडि बढेको छ । त्यसको लागि आयोजक समितिका सदस्यहरु गाउँ गाउँ पसेर त्यस्ता व्यक्तित्वहरुको खोजि पनि भईरहेको छ ।
केन्द्रले पुरस्कृत गर्दै आएको रकम र मापदण्डकै आधारमा विकेन्द्रीत कार्यक्रममा पनि सञ्चालन हुने हुँदा ५० हजार भन्दा तल सबै विधालाई पुरस्कृत गर्ने गरी पुरस्कारको व्यवस्था रहेको छ ।
फागुन २९ गते कार्यक्रम उद्घाटन हुनेछ भने त्यसपछिका ३ दिन तालिका अनुसारको कार्यक्रम हुनेछ । अन्र्तक्रिया कार्यक्रम, सम्मानको कार्यक्रम, दिवंगत र अग्रजहरुलाई सम्मान गर्दै तेस्रो दिन समापनको कार्यक्रम हुनेछ । यद्यपि सर्वसाधारणको लागि १० दिनसम्म प्रदर्शनी खुल्ला रहने भएको छ ।
राज्यबाट विगतका कुनै पनि साथ सहयोग नभएकोले आशा त गरिएको छैन । तर यस पटक भने इटहरी उपमहानगरपालिकाले आतिथ्य र सहकार्यका लागि जिम्मेवारी लिएको र धरान उपमहानगर र विराटनगर महानगरले साथ, सहयोग गर्नेछ । त्यस्तै पालिकाहरु र प्रदेश सरकारले पनि साथ दिन आवश्यक छ र गर्नेछ भन्नेमा आशावादी छौं । यस्तै यो एकेडेमीसँग भएको रकम पनि यस कार्यक्रममा सदुपयोग हुनेछ । एक करोड बढी खर्च हुने भएकाले ५० प्रतिशत रकमको जोहो भईसकेको र बाँकी रकम जुटाउने क्रममा आर्थिक समितिको दौडधुप चलिरहेको कार्यक्रमका सहसंयोजक विक्रमश्री बताउँछन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो