दुहवी । दुहवी जेसिजद्धारा आयोजित दुहवी रन प्रतियोगितामा माउन्ट एभरेष्टका साना छात्राछात्रले प्रथम स्थान हासिल गरेका छन् ।
अतिरिक्त क्रियाकलापमा समेत अब्बल मानिँदै आएको दुहवीमा सञ्चालित माउन्ट एभरेष्ट स्कुलमा अध्ययनरत कक्षा १ मा अध्ययनरत स्नेहा प्रविनले छात्रातर्फ प्रथम भई २ हजार नगदसहित प्रथम पुरस्कार हात परेकी छन भने कक्षा ४ मा अध्ययनरत छात्र अल्ताफ आलमले छात्रतर्फको प्रथम पुरस्कार २ हजार नगदसहित हात पारेका छन् । दुहवीको गौरवको रुपमा आयोजित सो प्रतियोगितामा छात्रछात्रा दुवै तर्फबाट प्रथम प्ुरस्कार विजेता माउन्ट एभरेष्ट गौरवान्ति भएको सञ्चालक तथा प्रिन्सिपल एस रहमान राइनले बताएका छन् । यति सानै उमेरमा विद्यालयका बालबालिकाको प्रतिभा प्रष्फुटन हुनु भोलिको भविष्य सुरक्षित रहेको भन्दै खुशी व्यक्त गरएको छ । उक्त विद्यालयले सदैव विद्यार्थीलाई शारीरिक र बौद्धिक विकासमा जोड दिँदै आएको छ । यस किसिमका उपलब्धीहरुले विद्यालय र विद्यार्थी सबैलाई प्रेरणा दिएको पनि उनले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो