ऐतिहासिक गढीहरू जोड्दै ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम सम्पन्न

सुप्रिया राई

इटहरी। ऐतिहासिक गढीहरूलाई जोड्दै ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेनाको इटहरीस्थित भगवती दल गण र धनकुटास्थित भीमदल गणको सक्रियतामा धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो। 

धरान उपमहानगरपालिका वडा नम्बर १४ पञ्चकन्या मन्दिर बिजयपुरगढि बाट वैदिक विधि र राष्ट्रभाबका साथ सुरु गरिएकाे   साँगुरीगढी गाउँपालिकासम्म म्याराथुन दौड प्रतियोगिता तथा ऐतिहासिक मार्ग हुँदै पैदलयात्रा सम्पन्न गरिएको हाे ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले विगतमा गाउँपालिकाले पृथक् रूपमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको भए पनि यस वर्ष नेपाली सेनाको पहलमा विजयपुरगढी र साँगुरीगढीलाई जोडेर दुवै स्थानीय सरकारलाई समेट्दै कार्यक्रम आयोजना हुनु अत्यन्त महत्वपूर्ण रहेको बताए, साथै यसले इतिहास संरक्षण, राष्ट्रिय एकता मजबुत बनाउने तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रम धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे भने कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वी पृतनाका पृतनापति उपरथी गौरव कुमार केसी, नम्बर २ बाहिनी अड्डाका पृतनापति सहायक रथी दिवाकर विक्रम राणा, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई लगायतको उपस्थिति रहेको थियो।

सुप्रिया राई
प्रतिक्रिया