इटहरी । भोजपुर प्याउलीको तत्कालिन शारदा माध्यमिक विद्यालय माध्यमिक शिक्षा हासिल गर्दे झापाको दमकको दमक बहुमुखी क्याम्पबाट उच्च शिक्षा हुँदै राजधानी प्रवेश गरेका वरिष्ठ सहसचिव उत्तरकुमार खत्री लोकसेवा आयोगको सिफारिसमा विशिष्ट श्रेणीको सचिवमा बढुवा भएका छन् । हाल इटहरीमा स्थायी बसोबास गर्दै आएका खत्री यस अघि झापा जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएर जनताको मन जितिसकेका व्यक्ति पनि हुन । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खत्रीलाई सचिव पदमा बढुवा गरेको हो । नेपाल सरकारका विभिन्न पदमा रही कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्दै नेपाल सरकारको विशिष्ट श्रेणीको सचिवमा बढुवा भएका खत्रीलाई फाष्ट मिडिया नेपालको तर्फबाट हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना । तीन जनामध्ये पहिलो नम्बरमा थिए खत्रीसचिव बढुवा सिफारिस समितिको बुधबार बिहान बसेको बैठकले रिक्त एक सचिव पदमा बढुवाका लागि उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।तीन जनामध्ये पहिलो नम्बरमा सिफारिस भएका खत्रीलाई मन्त्रिपरिषद्ले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।खत्री हाल अर्थ मन्त्रालयमा कार्यरत थिए। उनी मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।दोस्रो नम्बरमा सिफारिस भएका पराजुली राष्ट्रिय महिला आयोगको सचिवका रूपमा कार्यरत छन्। यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका उनी केही साताअघि मात्रै राष्ट्रिय महिला आयोगमा सरुवा भएका थिए। तेस्रो नम्बरमा रहेका तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत छन्।अघिल्लो सिफारिसमा पनि प्रतिस्पर्धामा थिए खत्रीखत्री पछिल्लो सचिव बढुवा प्रक्रियामा पनि प्रतिस्पर्धामा थिए। गत १५ भदौमा रिक्त सचिव पदका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र बिनोद बहादुर कुँवर क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए।पहिलो नम्बरमा रहेका नेपाल ५८ वर्षे उमेर हदका कारण सचिवमा बढुवा हुनुअघि नै अनिवार्य अवकाशमा गएपछि सिफारिसको क्रम फेरिएको थियो। त्यसपछि नारायणप्रसाद भट्ट पहिलो, बिनोद बहादुर कुँवर दोस्रो र उत्तरकुमार खत्री तेस्रो नम्बरमा आएका थिए।उक्त प्रक्रियाबाट भट्ट सचिवमा बढुवा भई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन भएका थिए।त्यसपछि बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले अर्को रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिव बिनोद बहादुर कुँवरलाई ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट एकल सिफारिस गरेको थियो। थप रिक्त पदका लागि खत्री, पराजुली र तामाङको नाम क्रमशस् सिफारिस गरिएको थियो।कुँवर लुम्बिनीको प्रमुख सचिव, खत्री सुदूरपश्चिममाआजकै मन्त्रिपरिषद् बैठकले बिनोद बहादुर कुँवरलाई पनि नेपाल सरकारको सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।यससँगै बुधबार सचिव बढुवाका लागि भएका दुई छुट्टाछुट्टै सिफारिसबाट कुँवर र खत्री दुवै विशिष्ट श्रेणीमा उक्लिएका छन्। कुँवर लुम्बिनी प्रदेशको प्रमुख सचिव र खत्री सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवका रूपमा प्रशासनिक नेतृत्व सम्हाल्ने भएका छन्।
२६ भदौ २०८३, शुक्रबार ०९:४५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो