इटहरी । साउनको पहिलो सोमबार देशभरका शिव शक्ति पिठ (मन्दिर)हरुमा भक्तजनको विहानैदेखि घुइचो लाग्ने गरेको छ ।
इटहरी, इनरुवा, धरान, दुहवी, सुन्दरहरैंचा, रंगेली, रामधुनीलगायत झापा दमकको पशुपति, झापाको माइ, उर्लाबारी, पथरीलगायतका स्थानमा रहेका शक्तिपिठसहित १० वटा मन्दिर एकै ठाउँमा रहेको कोका नदी र कोसी नदीको संगमस्थल सुनसरीको बराहक्षेत्रमा पर्ने प्राचिन हरिद्धार चतरा–बराहक्षेत्र, देशकै प्रख्यात धार्मिक पावन भुमि ताप्लेजुङको पाथीभरा, धरानको विजयपुर डाँडाको मध्यभागमा रहेको दन्तकाली पूर्वको अर्को शक्तिपीठ, मोरङको पुरानो सदरमुकाम रंगेलीमा रहेको संसारी माईस्थान, काली मन्दिर, इलामको माइपोखरी, उदयपुरको कटारी बजारबाट ६ किमि पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा रहेको शक्तिपीठमा पनि भक्तजनको विहानैदेखि घुइँचो लाग्ने गर्दछ ।
यि बाहेक काठमाडौं वरपरका श्रद्धालुहरूको साउन महिनाको सोमबारको प्रमुख गन्तव्य पशुतिनाथ हो । यसैगरी केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङको हलेसी महादेव, काठमाडौंको कोटेश्वर, पनौतीको धनेश्वर, महोत्तरीको जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेश्वर आदि शिवालयमा साउने सोमबारका दिन विशेष घुइँचो लाग्छ ।
साउन महिना र सोमबारको दिनलार्इ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबार भएकाले पनि देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको हो । पूर्वका विभिन्न स्थानबाट खाली गेरु बस्त्रमा खाली खुट्टाले हिंडेर हरिद्धार चतरा बोलबम जाने प्रचलन पनि रहेको छ । धरानको पिण्डेश्वरी पनि बोलमका लागि आकर्षक बनेको छ ।
शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ ।
साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।
साउनको महिमाको कुरा गर्दा विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ । हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो