आजको पाठकको पुर्पुरो : वि.सं. २०८० वैशाख २९ गते (तद्अनुसार सन् २०२३ मे १२ तारिख) शुक्रबार ज्येष्ठ कृष्ण पक्षको सप्तमी तिथि

खगेन्द्र कार्की

मेष – आज समय र धन फजुलमा खर्च हुने सम्भावना छ, सजग रहनुहोला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ भने सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ । तथापि, वर्चश्व वृद्धि हुनेछ । रोग शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन स्वस्थ्यप्रति विशेष सावधानी राख्नु हितकर हुनेछ । सोचेकोे काम समयमै सम्पन्न नहुन सक्छ । अनावश्यक यात्राको योग छ । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अन्ततः सुखको अनुभव हुने समय छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – श्रद्धा र परोपकारमा मन जाने समय छ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । मातापितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । कार्यक्षमता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू भेटिनेछन् । विपरीतलिङ्गीको हौसलाले मन रमाउनेछ । आफन्तसुख वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन विश्वास गरेकाले नै धोका दिन सक्छन् । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नु पर्ला । मुद्दा-मामिलामा पर्न सकिएला, सावधान रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामर्थ्य बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – आर्थिक लाभ हुने तथा मान-सम्मान मिल्ने दिन छ । तर नोकरीमा झमेला ब्यहोर्नुपर्ला । स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो समय छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आजको दिन शुभदायी छ । व्यस्तता बढ्नेछ तर काममा सफलता मिल्नेछ । काम बन्नाले मन रमाृउने छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । धन कमाउने योग छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो होला ।

वृश्चिक – पराक्रम वृद्धि हुनेछ भने सकारात्मक काम बन्नेछ । नसोचेको काम बन्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । प्रियजनसँग भेटघाट होला । अनेक किसिमका फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुहोला । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनुहोला । अनेक किसिमका झमेलामा परिने योग छ । साझेदारीको काम बन्नेछ । सहयोग समर्थन प्राप्ति हुनेछ । सुख समृद्धि बढ्नेछ ।

मकर – आरोग्यता बढ्नेछ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । तपाईंको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग पनि छ । परोपकारका काममा मन जानेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आयआर्जन हुने दिन छ । नउठेको रकम छ भने उठ्ने योग छ । अनौठो तरिकाले कमाइ भइ हर्ष छाउला । टाढाको यात्राको पनि योग रहेको छ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आयबल बढ्नेछ । पाहुना आगमनको दिन छ । रमाइलो यात्राको पनि योग रहेको छ । मिठो भोजन प्राप्त हुनेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया