दमक र आसपास मात्र होइन देशैभरी बनभोजको क्रम चलिरहेको छ । हरेक परिवार, समाज, समुदाय, विभिन्न संघसंस्था, राजनीतिक दल, धार्मिक संघसंस्था, संगठनहरुलगायत जति मानिसको समूह समूह बनेका छन ति सबैले वर्षमा एक पटक बनभोजको माध्यमबाट मनोरञ्जन गराउने गरेका छन् । खास गरेर बिदाको दिन यस्ता पर्यटकीय स्थलहरु, बनभोजपस्थलहरुमा अत्याधिक भिड हुने र भन्ने वित्तिकै ठाउँ समेत नपाउने हुनाले अगाडि गएर स्थान बुक गर्नुपर्ने अवस्था यतिखेर रहि आएको छ ।
दमकमा पनि जाडो बढेसँगै बनभोज जाने क्रम बढ्दो छ । झापाका दर्जनौं पर्यटकीय स्थल, सिमसारहरु बनभोजका स्थानीय पर्यटकले भरिएका हुन्छन । शनिबार नेपाली कांग्रेस दमक नगर कमिटीले अजिकै रहेको दाहाल प्रतिष्ठानमा बनभोजको कार्यक्रम आयोजना ग¥र्यो त्यो एउटा बनभोज मात्र थिएन त्यहाँ विभिन्न सांगीतिक कार्यक्रम, खेलकुदका कार्यक्रम, भाषणी कलाबाट एक खालको सन्देश प्रवाह हुने गरी त्यो बनभोज आयोजना गरिएको थियो । यस्तै धेरै संघसंस्थाले हल भाडामा लिएर दोहोरो खर्च गरेर गरिँदै आएका अधिवेशन, साधारणसभाका कार्यक्रम समेत यतिखेर बनभोजकै माध्यमबाट गर्ने र एक काम दई पन्थ बनाउने गरिरहेका छन् । पछिल्लो समयमा स्थानीय पर्यटनमा बनभोजले महत्वपूर्ण टेवा पु¥याएको छ । स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै स्थानीयहरुलाई प्राथमिकतामा राखेर बनाइएका पूर्वाधार निर्माणले स्थानीयलाई जाडोको समयमा खुल्ला र रमणीय स्थानमा पिकनिकले तानेको छ । झापामा दर्जनौं पर्यटकीय स्तरहरु छन अझै धेरै ठाउँहरु यसको पखाईमा रहेका छन् । अर्जुनधारा, सताक्षीधाम, कनकाई, दोमुखा तथा धनुषकोटी, किच्चकबध, ककचनकवल, गौरादह–महारानीझोडा, शरणार्थी शिविर, सुखानी स्मारक, सिमसारहरु– जामुनखाडी, मेचीनगरको बाँसबारी तथा मागुरमाडी, हल्दिबारीको भेलागढी, कमलको कमल तथा बाल्मिकी सिमसार, दमक, बिर्तामोड तथा बर्ने चिया बगानहरु, मेचीनगरको उत्तरी क्षेत्रमा रहेको मिनिमाउण्टेन, दमकस्थित धिमाल समुदायको होमस्टेहरु, कन्काईको हेप्पिल्याण्ड, कमलको स्माईल फनपाक, हल्दिबारी, बाह्रदशी, बिर्तामोडको बिराटपोखरजस्ता लगायत विभिन्न बनक्षेत्रहरुलाई पनि पर्यटकीय पूर्वाधारकै हिसाबले विकास गरेर आयआर्जनको माध्यम बनाउन थालिएका छन् ।
कतिपय पुराना र पछि नयाँ पहिचान भएका सिमसारलगायतका क्षेत्रलाई समेटेर आन्तरिक पर्यटन प्रवद्र्धनका निम्ति बनाइएका बनभोजकेन्द्रीत स्थलहरु यतिखेर खचाखच देखिन्छन् । त्यो त झापा पर्यटकीय स्थलहरुको उद्गमस्थल नै भन्दा फरक पर्दैन यहाँ उच्च कोटीका धार्मिक, सांस्कृतिक, जैविकदेखि अनेकन विशेषता बोकेका पर्यटन प्रवद्र्धनका स्थलहरु छन् । ती सबैको प्रवद्र्धनको खाँचो छ ।
विभिन्न व्यक्ति, परिवार, समुदाय, संघसंस्थालगायत हजारौंले स्थानीय क्षेत्र र आसपासलाई केन्द्र बनाएर बनभोजको आयोजना गरिरहेका छन् । ति बनभोज मात्र खाने र रमाउनेमा मात्र सीमित हुनुहुँदैन । एउटा उद्देश्यमूलक ढंगले त्यसबाट समाजलाई केही सन्देश दिन सक्ने गरि बनभोजको आयोजना गर्ने, रम्ने र रमाउने स्थलको रुपमा यस्ता बनभोजस्थललाई उपयोग गर्न सक्नु पर्दछ । राजनीतिक, सामाजिक, धार्मिकलगायतका कार्यक्रमहरु गर्ने थलो आजकल बनभोज हुँदैछ र यसलाई निरन्तरता दिन आवश्यक देखिन्छ । बनभोज नितान्ता खाने र रमाउनेमै सीमित हुनुहुन्न । त्यसपभित्रका जैविक विधिताभित्र लुकेका कुराहरु बाहिर निकाल्ने अन्य, सम्भावनाहरु खोज्ने, सहर बजारमा महंगोमा गरिने कार्यक्रमहरुलाई त्यही आधारमा सामान्य तरिकाले सिध्याउने, आफ्नो समूहमा भएका व्यक्तिहरुभित्र लुकेका प्रतिभाहरु निकाल्नेलगायतबाट भरपुर मनोरञ्जनसहित एउटा उद्देश्यमूलक बनभोजको आयोजना गरिनु र गर्न आवश्यक देखिन्छ । स्थानीय स्तरमा खेर गईरहेका स्थान विशेषलाई पर्यटकीय प्रवद्र्धनको आधारमा रुपान्तरण गरेर स्थानीय सरकारको आन्तरिक आम्दानी बढ्ने र स्थानीयहरुको आयआर्जनमा समेत टेवा पु¥याउने यस्ता स्थलहरुको अझै खोजविन गरी पूर्वाधार निर्माण गर्न आवश्यक देखिन्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो