राजा ज्ञानेन्द्रलाई मूर्ती चोरको आरोप बारेमा पत्रकार राजेन्द्र वानियाँको टिप्पणी

खगेन्द्र कार्की

इटहरी । राजा ज्ञानेन्द्र लाई मुर्ती चोरको आरोप बारेमा केहि लेख्न मन लाग्यो के कसरी यो आरोप सुरु भयो भन्ने कुरा —’बि.सं. २०४२ साल तिरको समय होला तेतिबेला साप्ताहिक विमर्श भन्ने शुक्रबार निस्किने एक पत्रीका थियो ।  यो पत्रीका का प्रधान सम्पादक पदन ठकुराठी थिय ।  पदम ठकुराठीको हुन छोटो परिचय दिनुपर्दा यो मान्छे पञ्चायतले धेरै विश्वाश गरेको तर भित्र भित्रै पञ्चायत मै बसेर पत्रकारिताको माध्यम बाट राजसन्स्थाको बिरोध गरेबापत भारतीय च्ब्ध् बाट भत्ता खान्थ्यो ।  तेतिमात्रै होइन यो मान्छे २०३६ सालको विद्यार्थी आन्दोलन दबाउन गठन गरियको “स्वतन्त्र विद्यार्थी मण्डल 

“(तेतिबेला पञ्चायत समर्थक “मण्डले”) को संस्थापक अद्द्द्यक्ष पनि हो । पछी यो संगठन ज्यादै बदनाम भयपछी २०४य साल तिर मण्डले शब्द हटायर  “समुह“ राखियो यो कुरा धेरै कमैलाई थाहा होला । यसैले चलाको साप्ताहिक बिमर्श भन्ने पत्रीकामा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र प्रती च्ब्ध् को आदेस अनुसार ब्यक्तिगत रिस साँध्न २०४२ साल तिरको एक अंकमा भक्तपुरको एक मन्दिरको मुर्ती चोर्न राती क्रेन सहित् अधिराजकुमार ज्ञानेन्द्र स्वयम आँफै पुगेको र त्यहाँ स्थानियले होहल्ला गरेपछी क्रेन लियर भागेको भनेर आधारहिन् बिना प्रमाण अपुस्ट समाचार छाप्ने काम ग¥यो ।  तर त्यहाँ कुनै स्थानियले देखेका हुन नत अधिराजकुमार  ज्ञानेन्द्र  नै त्यहाँ क्रेन लियर पुगेका थिय जसको आजसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन, नत कसैले आफ्नै आँखाके देखेको बताए ।  

सनसानीपूर्ण आधारहिन यस्तो समाचार छापेपछी यो कुरा पुरै देस भरी तुरन्तै फैलियो, सबै नेपाली को मन मस्तिस्क मा गाढीएर बस्न सफल भयो ।  कसैले पनि यस्को आधार र प्रमाण हरु खोज्न पट्टी  लागेनन  यसरी झुटा समाचार छापेर राजसस्थाको बदनाम गर्न सफल भयकोमा तेतिबेला भारतीय खुफिया एजेन्सी च्ब्ध् बाट पदम ठकुराठीले ठुलो रकम पाउन सफल भएको गोप्य कुरा त्यतिबेला बाहिरिएको पनि थियो तर आम जनताले यो कुरालाई ध्यान दिएनन् तर मुर्ती चोर्न गको भन्ने निराधार समाचारको चाँही तुरन्तै नबिर्सने गरी विश्वाश गरिहाले यदी छातीमा हात राखेर सबैले भन्ने नै हो भने ज्ञानेन्द्र न कुनै मूर्ती बेच्ने ब्यापारी हुन्, नत आजसम्म कसैले उनले मूर्ती चोरेको प्रमाण नै पेस गर्न आए।  आजसम्म थुप्रै मूर्तीहरु चोरी भए, हुदैछन् साथसाथै बेला बेलामा मूर्ती चोरहरुलाई पक्राउ पनि गरिएको उदाहरण छ, के ति पक्राउ परेका चोर्हरुले आजसम्म राजा ज्ञानेन्द्रले पठाको भनेर कुनैले नाम लिएका छन? हल्लाको पछी मात्रै दौडिने कि सत्यतथ्य पनि खोज्ने ? एक थरीलाई त राजसंस्थाको बदानाम गर्न मात्रै पाएपनी पुग्छ। लगभग ४० बर्ष अघी पञ्चायत हुँदा पनि नेपालमा च्ब्ध् को कत्रो भूमिका थियो भन्ने कुरा बुझौ। ज्ञानेन्द्रलाई पहिल्यै मूर्ती चोरको आरोपले बदनाम गराए, त्यसपछी २०५८ सालको दरबार हत्याकाण्ड पनि घटाएर त्यसको दोष पनि तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र माथि नै थोपरे छी नेपालमा गणतन्त्र लेराउन सजिलो हुन्छ भनेर भारतिय च्ब्ध् को गणतन्त्रको ग्राइन्ड डिजाइन ४० बर्ष अघिदेखिको थियो भन्ने कुरा नेपाली जनताले बुझेनन् । नेपालमा गणतन्त्र आउनुको पछाडि यी दुई आरोप (मुर्ती चोरी र दाईको हत्यारा) आज पनि राजा ज्ञानेन्द्रलाई यै दुई आरोप लगाएपछी गणतन्त्र टिकाउने बलियो आधार आरोप बनेको छ, यीनै गणतन्त्रबादीहरुले लगाउने गरेका छन् गणतन्त्र पनि यहि दुई मन गढन्ते आरोपले गर्दा टिकेको भन्दा अत्युक्ती नहोला जबकी यो दुबै आरोप मा राजा ज्ञानेन्द्र निर्दोस हुन् ...... चेतना होस

खगेन्द्र कार्की
प्रतिक्रिया