सिंगापुरमा आयोजित सितोरियो कराँते प्रतियोगितामा नेपालले स्वर्णसहित ९ पदकमा विजयी

खगेन्द्र कार्की

यसैगरी नेपाल शितोरियो कराते संघको अध्यक्ष दावा गुरुङ एसिया प्यासिफिक शितोरियो कराते महासंघ अध्यक्षमा निर्बाचित भएकाछन । गुरुङले २८ देशको प्रतिनिधीको १८ मत प्राप्त गरेको थियो । उनका प्रतिद्वन्दी फिलिपिन कराते संघ अध्यक्ष थिए ।
९ पदक विजयपछि कराँते महासंघका अध्यक्ष तथा पूर्व राखेप सदस्य सचिव युवराज लामाले अलिकती इमान्दार पहल हुँदा नै कोच र खेलाडीले देशको प्रतिष्ठा बढाउन सक्छ भन्ने कराते कोच र खेलाडीहरुले सन्देश दिएको अनुभुती भएको बताएका छन् । 

इटहरी । सिंगापुरमा सञ्चालन भएको १६औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।

नेपालको लागि सिनियर महिलातर्फ ६८ किलो तौलभन्दा माथि समुहमा १९औं एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ्गले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला तर्फकै –५० किलो तौल समुहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन् ।

एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्वुले महिला तर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको –५५ किलो तौल समुहमा रजत पदक दिलाउन सफल भईन ।

त्यसैगरी सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियर तर्फ–४५ किलो तौल समुहमा पोरसिया चौधरी, महिलाकै –६८ किलो तौल समुहमा आशिका राई, पुरुष तर्फको १६ वर्षमूनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ –८४ किलो तौल समुहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।

नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग हेड अफ डेलिगेटस विशेष नेतृत्व र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको समग्र नेतृत्वमा नेपाली १२ खेलाडी, टिम म्यानेजर, रेफ्री,अफिशियल गरि कुल ३० जना एसियन पेसिफिक सितोरियो करातेमा सहभागी भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी गराए । 


खगेन्द्र कार्की
प्रतिक्रिया