सरकारले जनताको मुखमा टेप लगाउन अध्यादेशमार्फत कानुन ल्याउन लागेको बेलामा मनाइँदै गरेको प्रजातन्त्र दिवस आफैमा महत्वपूर्ण देखिन्छ । जुन तहबाट नेतृत्व आएको भए पनि सत्ता र शक्तिमा पुगेपछि जनताको हैसर्गीक अधिकार कुण्ठित गर्ने र आफुलाई स्थापित गराउने धृष्टतामै केन्द्रीत रहने कुराको प्रमाणित अहिलेको सरकारले गरिरहेको छ ।
शासकीय स्वरुप परिवर्तनका पक्षमा भएका परिवर्तनका इतिहासलाई गणतन्त्रको हिमायतीहरुले त्यति महत्व दिएका छैनन । परिवर्तनको प्रादुर्भाव भएको दिन २०७७ साल ऐतिहासिक दिन हो । यस्ता दिवसलाई गलत प्रयोगमा उपयोग गर्ने तर सहि अर्थमा यसको मूल्य, मान्यता, महत्वलाई बुझेर दिवस मनाउने गरिएको छैन । देशमा प्रजातन्त्रपछि लोकतन्त्र भनियो, लोकतन्त्र पछि गणतन्त्र भनियो तर त्यो गणतन्त्र आएपछि पुराना इतिहास मेटाउने, भत्काउने र सिध्याउनेतिर लागेकाहरुका लागि यो दिवस कागलाई बेल पाक्यो हर्ष न बिस्मत भएको छ । अन्ततः सत्य, सत्य नै हुन्छ अन्तिम स्वीकार गर्नैपर्छ र स्वीकार गरेर अहिले विगत भन्दा बढी चासो दिइएको देखिन्छ । तर जति चासो, चिन्ता र प्रभावकारिताका साथ यो दिवसलाई सार्थक बनाउनु पर्ने हो त्यो गरिएको छैन । यसमा राजा त्रिभुवन जोडिएको कारणले कतिपयले यसलाई त्यति महत्व नदिएको हुनसक्ला तर राजा त्रिभुवनले प्रजातन्त्रका लागि नलडिदिएको भए सम्भवतः आज पनि हामी उही कालकोठरीको बासमा रहने थियौं ।
१९०३ देखि सुरु भएको जहाँनिया राणशासनको अन्त्य गरेर प्रजातन्त्रको प्रादुभाव भएको दिन हो २०७७ फागुन ७ गते । प्रजातन्त्रको जननीको रुपमा यहि दिनलाई सँधै स्मरण गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको सुत्रविन्दुका रुपमा नागरिक स्वतन्त्रताको ठूलो उपलब्धीको दिन पनि हे । ७ दशक पार गरिसकेको यो व्यवस्था भने अझै नत स्थिर हुन सकेको छ नत जनताले यसको समग्र अनुभव नै गर्न सकेका छन् । अस्थिरतै अस्थिरताको चंगुलमा नेपालमा शासन व्यवस्था चलिरहेको छ । यथार्थतामा भन्ने हो सात सालको त्यो जनक्रान्ति नै सम्पूर्ण लोकतान्त्रिक आन्दोलनहरूको जननी भनिन्छ । यो दिन अर्थात् फागुन ७ केवल प्रजातन्त्र दिवस मात्र होइन, धेरै महत्वपूर्ण सन्दर्भहरू पनि जोडिएको बहुआयामिक ऐतिहासिक दिवस हो । सोही दिन राजा त्रिभुवन ३ महिनाभन्दा लामो दिल्ली बसाइपछि नेपाल फर्किँदा गौचर हवाइ अड्डा (त्रिभुवन विमानस्थल)मा जनसमुदायको विशाल भिड एकत्रित थियो । २०४६ सालको ४९ दिने सफल जनआन्दोलनको शुभारम्भ यसै दिन भएको थियो । २०१५ सालमा नेपालको इतिहासमै प्रथम आम निर्वाचन यसै दिनबाट सुरू भयो । १२० दिन चलेको ७ सालको क्रान्ति सफल बनाउने प्रभावकारी माध्यम, एकमात्र रेडियो नेपाल ७ सालको क्रान्तिमा ‘नेपाल प्रजातन्त्र रेडियो’ प्रजातान्त्रिक आन्दोलनकै उपज हो । यहि दिनको जगमा सरकारलाई प्रभावकारी कार्य सम्पादन गर्न र प्रजातन्त्रको पक्षमा उभिन खबरदारी गर्ने सञ्चारमाध्यमहरु धेरै खुलेका छन् । प्रजातन्त्रको सुदृढीकरणमा यसैगरी इँटा थप्दै लैजान सकिन्छ भन्ने उत्प्रेरणा यसबाट मिल्दछ ।
पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारलाई पनि यस दिनको विशेष महत्व छ । राजा त्रिभुवन यसैदिन स्वदेश फर्किएपछि उनी राजगद्दीबाट स्वतः हटाइए । उता उनकी रानी कोमल यसै दिन जन्मेकी थिइन् । हरेक वर्ष यो दिवसलाई जनताले पवित्र दिवसको रूपमा लिँदैआएका हुन्, जुन दिन कारागारमा राम्रो आचरण बनाएर आफूभित्र मानवताको उत्थान गर्न सफल सयौँ कैदीहरू बाँकी कैद मिनाहा पाएर मुक्त हुने गर्छन् ।
उज्यालो र आधुनिकताका सम्पूर्ण ढोका खोलिदिएको यो दिवसको गरिमाका धेरैवटा पक्ष छन्, जसलाई सरकार आफैँले उपेक्षा र तिरस्कार गर्नुभन्दा घोर अन्याय र अराजकता सायद अरू नहोला । सत्ताको त्यस्तो हर्कत सम्पूर्ण लोकतन्त्रवादीहरूलाई उत्तेजित बनाउने बदनियतको द्योतक हो ।
हिजोका दिनमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन कफन बाँधेर सडकमा उत्रिएका युवाहरु यतिखेर सरकारका विरुद्धमा मात्र नभएर लोकतन्त्र र गवणतन्त्रकै विरुद्धमा नारा लगाउन विवश पारिएको छ । विश्वमै नौटंक देखाएर नेपालका ठूला राजनीतिक दल मिलेर बनेको सरकारका पछिल्ला गतिविधिहरु प्रजातन्त्रका खिलाफमा रहेको आशंका गरिँदैछ । आम नागरिकका हक अधिकार खोसेर नियमन र नियन्त्रणका डोरोमा उनेर बन्देज लगाउन खोजिँदैछ यो नै ७ दशक बढी प्रजातान्त्रिक अभ्यास बोकेका दलहरुको नियति बनेको छ । आलोचना र गाली सहन नसक्ने अहिलेका शासकहरुले प्रतिशोधपूर्ण व्यवहार पनि साँधेर जेल र नेलको राजनीति गरिरहेका छन् । सुशासनको प्रत्याभूति दिन नसकेको कुशासनलाई प्रश्रय दिएका छन् । यो किमार्थ नेपाली जनतालाई स्वीकार्य हुँदैन र हुन सक्दैन । संसद छलेर अध्यादेशको चाङ लगाइएको छ । ति सबै विवादित मात्र छैनन सरकारले प्रजातन्त्र दिवस मान्छ भने शिर निहुरिने काम गरेको छ । नैतिकता, इमान्दारिता सबै गुमाएको छ ।
२००७ सालको परिवर्तनपछि नै आधुनिक नेपालको जग शून्यबाट शुरू गरिएको हो । मौलिक अधिकारमा नयाँ ब्यवस्था, राजनीतिक दलका गतिविधिमा तिब्रता, प्रशासन ब्यवस्थामा आधुनिकीकरणको शुभारम्भ, नेपाल प्रहरी (पुलिस फोर्स) स्थापनाको पक्रिया प्रारम्भ, सर्वाेच्च न्यायालयको स्थापना, विर्ता प्रथाको उन्मूलन, राष्टिूय बजेट रेडियो नेपालबाट सार्वजनिक प्रस्तुति गर्ने परिपाटीको थालनी, सातसालपछि एकै वर्षमा देशभरि तीनशय विद्यालयको स्थापना, राजपत्र (गजेट) को प्रकाशन, नागरिक संघ(संस्थाहरूको देशैभरि स्थापना आदि त्यो परिवर्तनका धेरैमध्ये केही परिणाम हुन् । इतिहासबाट हामीले जे पाएका छौँ, त्यही नै हाम्रो सम्पत्ती हो । यो सम्पत्तिले लोकतन्त्रलाई फलदायी बनाउने अनुकूलता र सहजता यथेष्ट मात्रामा दिनसक्छ । यसको सदुपयोगको कला नै नेपालको परम आवश्यकता हो । एउटाले अर्कोका खोट र दोषमात्र कोट्याउने होइन, आफैँभित्रका कमीकमजोरी र गल्ती केलाउनु महानता हो र अगाडि बढ्ने लोकतान्त्रिक संस्कारको शुभलक्षण हो । यहाँ कसैले ‘मधेशविरोधी’ भएर बुद्धिमानी देखाउन सक्दैन, न त जातीय राज्यका नाममा विर्ताको हक दाबी गरेर आफ्नो हित पाउनसक्छ । भ्रष्ट र आपराधिक राजनीतिका नाइकेहरूको विरोध गर्नु लोकतन्त्रको चरित्र हो । भ्रष्टाचार, दण्डहिनता, हुकुमी शासन, आर्थिक अपराधजस्ता विकृतिको विरोध भएन भने लेखेर राखे हुन्छ, लोकतन्त्रको भविष्य त्यस्तो राज्यमा सुनिश्चित हुँदैन । उनीहरूका भ्रष्ट र आपराधिक चरित्रसँग सती जानुपर्ने जिद्दीमात्र हुनपुग्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो