’ सवारी साधनमा प्रविधि प्रयोग गर्ने विषयमा कस्ता काम भइरहेका छन् ?
सवारी साधनमा प्रविधिको प्रयोग गर्न ठिला भइसकेको छ । २१ औँ शताब्दीमा टूाफिकले हात हल्लाएर टूाफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । टूाफिक लाइट पनि प्रविधिमैत्री छैन । विदेशमा सवारी चालकले गल्ती गरे तुरुन्तै कारवाहीस्वरुप बिल घरमा पुग्छ । राजनीतिक किचलो, कानुनको अभाव, स्थायी सरकार नहुनेलगायत कारणले गर्दा व्यवसायी प्रविधिमा जान सकेका छैनन् । ठुलाठुला घटना हुँदा बनेका आयोग यत्तिकै थन्किएका छन् । यदि प्रविधिको प्रयोग गरी सवारी चलाएको भए दुर्घटना कम हुने थियो । यात्रु, सवारीमा काम गर्ने कर्मचारी, व्यवसायीको लगानी सुरक्षा हुने थियो । अहिलेसम्म सयौँको संख्यामा सवारी नदीमा डुबेर हराइरहेका छन् । विदेशमा हराएका ठुलाठुला सवारी चाँडै भेटिएका उदाहरण प्रसस्त छन् । सवारीमा प्रविधिको प्रयोग गरिएको भए के कारणले दुर्घटना भएको भन्ने थाहा पाउन सकिन्थ्यो ।
प्राकृतिक विपत्ति हुनै लाग्दा पनि समयमै अलर्ट गराउन सकिन्थ्यो । प्रविधिको प्रयोग अहिलेको आवश्यक छ भन्ने विषय सरकारले अहिलेसम्म बुझ्न सकेको छैन । सवारीमा टिकट लिएर नचढ्दा दुर्घटना हुँदा कोको यात्रु थिए भन्ने यकिन हुन नसक्ने प्रमुख समस्या छ । यदि प्रविधिको प्रयोग गर्ने हो भने को मानिस कहाँबाट चढ्यो भन्ने थाहा पाउन सकिन्थ्यो । सरकारको निकायले कार्यविधि नबनाएका कारण समस्या हुने गरेको छ । कुन प्रविधि विश्वासिलो हुन्छ र कुनकुन विषय भएको प्रविधि राख्ने, के गरी व्यवस्थापन गर्ने भन्नेजस्ता विषयमा सरकारको ध्यान पुग्न सकेको छैन । सवारीधनीले सवारी किन्दा नै सबै विषय समावेश भएर आउनुपर्दछ । एउटा सवारी दुर्घटना हुँदा आर्थिक, मानवीय गरी ठुलो क्षति हुने गरेको छ । यात्रुका लागि खर्बौं खर्च भएको हुन्छ । कर्मचारी, राजनीतिज्ञ, पत्रकार, व्यवसायी सबैको पहलमा सवारीसाधनमा प्रविधि जडान सम्भव हुन्छ । अहिले पठाओ, इन्डूाइभजस्ता एपबाट अर्बाैं रकम विदेश गइरहेको छ । म सरकारलाई यस्ता एप नेपालमै बनाउन र चलाउन अनुरोध गर्न चाहन्छु ।
’ प्रविधिले कसरी सवारी दुर्घटना न्यूनीकरण हुन्छ ?
प्रविधिको प्रयोगको फाइदाको सीमा छैन । बाटो बिग्रिएको, पहिरो आएको, कसरी सवारी चलिरहेको छ भन्नेजस्ता विषय सवारी धनीले घरबाटै हेर्न सक्छ । सवारीको प्रकृतिअनुसार प्रविधि जडान गर्नुपर्छ । यसो गरिँदा कुन गाडीले कसरी दुर्घटना गर्यो भन्ने थाहा हुन्छ। बाटोमा एउटा सावारीले मानिस मारेको हुन्छ । तर, प्रहरीले १० ओटा गाडी समाएर अनुसन्धान गरेको हुन्छ । यदि प्रविधिको विकास भएको थियो भने कसले मारेको हो भन्ने थाहा पाउन सजिलो हुने थियो । यस्ता धेरै फाइदा सवारीमा प्रविधिको प्रयोग गरेर हुन्छ ।
’ दुर्घटना के कारणले हुन्छ ?
सरकारले रोड सेफ्टिीअनुसार काम गर्न नसक्दा पूर्वाधार, मेसिनरी र मानवीय कारणले दुर्घटना हुने गरेको छ । बढी दुर्घटना हुने ठाउँमा बारमात्र लगाउने हो भने पनि धेरै मात्रामा दुर्घटना न्यूनीकरण हुने थियो । सवारी दुर्घटना हुँदा करोडौं आर्थिक र मानवीय क्षति व्यहोर्नु परिरहेको छ । बार लगाउने जस्तो यति सानो विषयमा पनि सरकारको ध्यान पुग्न सकेको छैन । भवितव्य भएर सवारी दुर्घटना हुनु भनेको फरक विषय हो । सरकारले सजिलै थोरै पैसामा गर्न सक्ने काम पनि गरेको छैन । सडकमा टूाफिक चिन्ह नराखिँदा पनि दुर्घटना हुने गरेको छ । पूर्वाधारमा सरकारले ठुलो लगानी लगाउनु पर्दछ । बजेट सक्न वर्षा लागेपछि सडक बनाउने कार्य जनतामाथिको दोहन हो । संसद्मा विभिन्न समिति छन् । कानुन परिवर्तन गर्न सक्ने आधार निर्माण भएको छ । तर, सम्बन्धित निकाय कानमा तेल होलेर बसेको छ । सडक बन्न वर्षाैं लागेको छ । सरकारले दुई वर्षभित्र बन्ने एउटा बाटो २० औँ वर्ष लगाउने ठेकेदारलाई काम दिनु जनताप्रतिको बेइमानी हो । ठेकेदारले आवश्यकताभन्दा बढी ठेक्का लिएका छन् । सरकारको निकायका निश्चित पदाधिकारीले कमिसनमा परी ठेक्का दिएको छ । जनताले दुःख पाएका छन् । प्रविधिमा कमजोर व्यक्ति मन्त्री बनेका छन् । क्षमता हुनुपर्ने नभएका व्यक्तिले देश चलाएपछिको अवस्था प्रष्ट अनुभूति भएको छ । टूाफिकले ढाट राखेर पैसा असुल गर्दा दुर्घटना हुने गरेको छ ।
’ सडक दुर्घटना बढी हुने ठाउँमा टूमा सेन्टर निर्माण गर्नुपर्नेे विषयप्रति तपाईंको धारण के छ ?
यो हावादारी गफ हो । केही दिनअघि राती गाडी चलाउन दिनु हुँदैन भन्ने गफ पनि आएका थिए । धेरै दुर्घटना हुने ठाउँका सडक बनाउने, बार लगाउने काम गर्ने कि उपचार गर्न अस्पताल खोल्ने, मरेपछि क्रिया गर्ने ठाउँ बनाउने ? दुर्घटना हुने ठाउँ भएर यात्रुवाहक सवारी जाँदा अस्पताल देखेपछि मानसिक रूपमा त्रास हुन्छ । कुरिनटारमा शसस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली बस्नु सकारात्मक विषय हो । ठाउँठाउँमा अस्पताल बन्नु सकारात्मक विषय हो । तर, दुर्घटना हुने ठाउँमा अस्पताल बनाउनु गलत हो ।
’ बाटोमुनि वृक्षरोपण गर्दा बार लगाउने थुप्रै वैकल्पिक व्यवस्था हुँदाहुँदै राज्य किन अस्पताल बनाउनतिर लागेको होला ?
रुख लगाउँदा वातावरण, भूक्षय, आर्थिकलगायत धेरै फाइदा हुन्छ । एउटा सवारी दुर्घटना हुँदा करोडौं घाटा हुन्छ । दुर्घटनाग्रत क्षेत्रमा वृक्षारोपण गर्नु दिगो विकास हो । यस्तो कार्य थोरै लगानीमा लामो समयसम्म रहन्छ । सिमल तालमा पनि रुख रोप्न नसक्नाले दुर्घटना भएको मेरो बुझाइ छ । सिमल तालमा माथिबाट माटो बगाएर ल्याइ दुर्घटना हुन पुगेको हो । यो कुरा सरकारमा रहनेको दिमागमा कहिले पनि पर्न सकेन ।
’ टुटल, पठाओ, इन्ड्राइभजस्ता सवारी एप अवैधानिकरूपमा चलिरहँदा यसले कस्तो असर गर्छ ?
यो सुविधा हो । नयाँनयाँ प्रविधिलाई भित्र्याउनुपर्दछ । यसलाई राज्यले कानुन बनाएर चलाउन दिनु पर्दछ । बाटोमा मोटरसाइकल रोकेर बस्ने जोकोहीलाई तपाईं इनडूाइभ हो भनेर सोध्ने गरिएको छ । यो राम्रो होइन । यदि दिनै परे कालो प्लेटमा दिए भैहाल्यो । अदालतले पनि कानुन बनाएर लागू गर् भनेको छ ।
’ व्यवसायीले ठुलो धनराशी यातायात क्षेत्रमा लगानी गरेका छन् । यस्ता सवारीको प्रयोगले लगानी डुब्दैन ?
व्यवासायीको लगानी क्षतविक्षत भएको छ । सवारीलाई कम्पनी लानुपर्ने नियम लागू भएदेखि नै यातायात क्षेत्रको लगानी पानीमा गएको छ । जसले पनि सवारी किनेर चलाउने वातावरण सिर्जना भएको छ । सरकारले गाडीको आयु २० वर्ष राखेको छ । यस्ता नयाँ नयाँ कानुन आउँदा सरकारको लगानी उठ्दैन । केही सीमित राजनीतिककर्मी र व्यापारीको मिलेमतोमा पठाओ, टुटलजस्ता क्षेत्रमा लगानी छ । भारत, बंगलादेश, अमेरिकाजस्ता देशबाट एप चलेका छन् । ५६ लाख सवारीसाधन भएको मुलुकमा सरकारले कहिल्यै व्यवस्थित गर्न नसक्नु विडम्बना हो । सरकारसँग पनि कति सवारी छन् भन्ने आँकडा छैन । भ्रष्टहरूले नीति बनाएका छन् । योग्य विज्ञ पछाडि पारिएका छन् ।
’ सवारीसाधनमा २० वर्षे आयु कत्तिको जायज हो ?
फलामको आयु हुन्छ ? चाँडै काम नलाग्ने भए हटाउनुपर्ने हुन्छ । मानिसको आँखा बिग्रियो भने आँखा परिवर्तन गर्ने कि शरीर नै हटाउने ? सरकारले बेलाबेलामा परीक्षण गर्ने जाँचपासको व्यवस्था गर्नुपर्छ । ७७ ओटै जिल्लामा सवारी जाँच सेन्टर राख्नुपर्छ । अहिले सरकारले सवारी परीक्षण गर्ने ठाउँबाट प्रदूषण पनि परीक्षण हुन सकेको छैन ।
’ अहिले फेसनका रूपमा आएको विद्युतीय सवारी कस्तो हो ?
विद्युतीय सवारीसाधनले पेटूोलीयम पदार्थ किन्दा बाहिर जाने रकम रोकिनु सकारात्मक हो । तर, यसलाई आवश्यक पर्ने पूर्वाधारको अभाव छ । विद्युतीय सवारी बनाउने ठाउँ छैन । विद्युतीय सवारीको नाममा मानिस ठगिरहेका छन् । आउने दिनमा यस्ता सवारीसाधन किन्ने धेरै मानिस समस्या पर्ने देखिन्छन् । जुन सरकारले चाँडै व्यवस्था गर्न आवश्यक छ । अहिले विद्युतीय सवारीसाधनको कुनै ग्यारेन्टी छैन ।
’ यातायात व्यवासायीले सिन्डिकेट लगाएका छन् भन्ने आरोप छ नि ?
शताब्दी धेरै अगाडि पुगेको हुनाले व्यापारीले पनि स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । जुन ठाउँका लागि जति गाडी आवश्यक छ, त्यतिमात्र राख्दा कसरी सिन्डिकेट हुन्छ ? सिन्डिकेट भनेको आफूले उत्पादन गर्ने आफैँले चलाउने मात्र हो । सरकारले कुन सामानको दाम तोकेको हुन्छ ? हवाई जहाजमा अनलाइन टिकट काट्न पाइन्छ । अहिले केही गलत गर्नेले गाडी नभए पनि कम्पनी खोलिरहेका छन् । मजदुर पनि सुरक्षित छैनन् । कुनै पनि क्षेत्र सार्वजनिक सवारीप्रति खुसी भएका छैनन् । समयमा भाडा समायोजन भएको छैन । राज्य भनेको अभिभावक भएको हुनाले सबैको विषयको प्रतिनिधित्व हुने गरी काम गर्नुपर्छ ।
’ ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटना सवारीसाधन कमजोर भएका कारण भएको हो भन्ने आरोपका विषयमा के भन्नुहुन्छ ?
सरकारी कर्मचारीले व्यवसायीलाई दोष लगाए आफू पन्छिने काम गर्नु स्वाभाविक हो । सरकारले गरेको गल्ती देखाए कारबाही हुने हुनाले हामीलाई देखाएका हुन् ।
’ सर्वजनिक सवारीलाई व्यवस्थित गर्न के गर्नुपर्छ ?
सार्वजनिक साधनलाई छुट्टै लेनको व्यवस्था गर्नुपर्छ। सहर, बजारमा, ग्रामीण भेगमा आवश्यकअनुसार बाटोको व्यवस्था गर्नुपर्छ । बालेनले सफा बाटो बनाएका छन् । यस्तै अन्य पनि हुनुपर्छ ।
’ अहिले यातायात श्रमिकले कति कमाउँछन् ?
चालकको महिनाको १० हजार जति तलब र अन्य भत्ताको व्यवस्था गरिएको हुन्छ । महिनाको ५० देखि ६० हजारजति चालकले कमाइरहेका छन् । प्रविधि र अनलाइन टिकटको व्यवस्था गर्ने हो भने मजदुरलाई राम्रो सुविधा दिन सकिन्थ्यो । सार्वजनिक सवारीबाट धेरैले रोजगारी पाएका छन् । नारीहरूले सवारी चलाई रोजीरोटी चलाइरहेका छन् । मुलुकमा बेरोजगारीको दर उच्च हुँदै गइरहेका बेला यातायात व्यवासायीले रोजगारी दिनु सकारात्मक विषय राज्यले बुझेको छैन ।
’ यातायातलाई व्यवस्थित गर्न सरकारले के गर्नुपर्छ ?
सरकारले नीति प्रष्ट बनाइदिनुपर्छ । बेलाबेलामा नीति परिवर्तन गर्दै लानुपर्छ । लगानी, यात्रु, रोजगारमैत्री नीति बन्नुपर्छ । सरकारले ४० वर्ष केही नकिचेका इमान्दार सवारी चालकलाई सम्मान गर्नुपर्छ । लगानी गरेका व्यवसायीलाई सम्मान गर्नुपर्छ । त्यसैले समग्र मुलुकलाई लगानीमैत्री, यात्रुमैत्री, प्रविधिमैत्री बनाउन संघ अधिकार सम्पन प्राधिकरण बनाउनुपर्दछ । त्यसका साथै सातै प्रदेशमा प्राधिकरण गठन गर्नुपर्दछ । – समाचारपत्रको सहयोगमा
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो