०६२\०६३ आन्दोलन अगाडि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैका चासो र चिन्ताका व्यक्ति थिए । सबेले अब माओवादीले के गर्ला भन्थे, त्रास पनि उत्तिकै थियो । प्रचण्डको ठूलो डर पनि थिए तर जब उनी संसदीय राजनीतिमा १२ बुँदे दिल्ली सम्झौताबाट उदाय तब उनले जनताको अभिमत जोगाउन पनि सकेनन र त्यसपछिका घटनाक्रमले क्रमशः ओरालो यात्रामा डो¥याउँदै अहिलेको स्थितिसम्म ल्याई पु¥यायो । उनले पछिल्लो समयमा निमाण गरेको नेपाली कम्युनिस्ट पार्टीको मुख्य घटक (साविक नेकपा माओवादी केन्द्र)ले निर्वाचनमा १८ वर्ष यताकै ठुलो धक्का खाएको छ ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादी लगायत २५ वटा घटकसँग एकता गरेर निर्वाचनमा भाग लिएको थियो । तर निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम चुनावी परिणाम हेर्दा नेकपाले ९प्रत्यक्ष ८ र समानुपातिक ९० गरी जम्मा १७ सिट जित्न सफल भयो ।
प्रचण्डको पार्टीले २०७९ सालको निर्वाचनमा विजयी भएको रुकुमपूर्व, रोल्पा, कालिकोट, रुकुम पश्चिमबाहेक विरासत जोगाउन सकेन । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको थियो । योपटक नयाँ क्षेत्र डोल्पा, सल्यान, धनुषा–१ र सिन्धुपाल्चोक–२ मा विजयी भयो । माओवादी आधार क्षेत्र रहेको सिन्धुपाल्चोक–१, गोरखा–२, सिन्धुली–२, जाजरकोटमै पराजय भोग्यो । प्रत्यक्ष र समानुपातिक गरी त्यतिबेला माओवादीको ३२ सिट थियो । समानुपातिकतर्फ २०७९ को निर्वाचनमा ११ लाख ७५ हजार ६८४ अर्थात् ११।१३ प्रतिशत मत ल्याएको माओवादीले योपटक ८ लाख ११ हजार ५७७ अर्थात् ७।२५ प्रतिशत मत प्राप्त गर्यो । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ११।६३ प्रतिशत मत ल्याएकोमा योपटक ६।१८ प्रतिशतमा खुम्चियो । बरु २०४८ सालमा भएको आम निर्वाचनमा माओवादीको तत्कालीन खुला मोर्चा संयुक्त जनमोर्चाले ३ लाख ५१ हजार ९०४ अर्थात् १५।२१ प्रतिशत मत ल्याएको थियो । प्रत्यक्ष ९ सिट जितेको माओवादीको संसदमा सिट प्रतिशत ४।३९ प्रतिशत थियो ।
भ्रष्टाचार, बेथिति र समाजमा भएका हरेक खालको विभेदविरुद्ध २०५२ सालमा माओवादीले तत्कालीन शाही सत्ताविरुद्ध सशस्त्र विद्रोह गरेको थियो । १० वर्षसम्म सञ्चालन भएको युद्धमा माओवादीलाई किसान, श्रमिक, मजदुर, महिला, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, मधेसी, अल्पसंख्यकलगायत समुदायहरूको ठुलो साथ थियो ।
राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको मुद्दा उठाएको थियो । जनयुद्धकै राप, तापबाट स्थापित भएको माओवादी र त्यतिबेलाका ७ राजनीतिक दलहरूबिच २०६२ सालमा १२ बुँदे सम्झौता भयो । त्यसकै जगमा २०६२र६३ सालको जनआन्दोलनले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य गर्यो । २०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा विद्रोही माओवादी सबैभन्दा ठुलो दलको रूपमा स्थापित भयो ।
२०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । प्रचण्ड गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बने । यो १८ वर्षको अवधिमा माओवादीबाट प्रचण्ड तीन पटक र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री बने । युद्धकालमा आफैले प्रधान सत्रु करार गरेका नेपाली कांग्रेस र नेकपा एमालेसँग मिलेर सत्तारोहण गरेको माओवादी आम जनता, वर्ग, समुदायबिच अलोकप्रिय बन्दै गयो । २०६६, २०७० र २०८१ प्रतिपक्षमा बसेको माओवादी १० वर्ष पाँच महिना कुनै न कुनै रुपमा सरकारमा सहभागी भयो ।
२०६४ सालमा ३८।१० प्रतिशत मत प्राप्त गरेको माओवादीले त्यसयता हरेक निर्वाचनमा जनमत गुमाउँदै गएको तथ्यांकले देखाउँछ । २०६५ सालमा नेकपा एकता केन्द्र मसालसँग एकता भएपछि संसदमा माओवादीको मत प्रतिशत ३९।६० प्रतिशत पुगेको थियो । त्यतिबेला माओवादीले समानुपातिक ३१ लाख ४४ हजार २०४ अर्थात् २९।२८ प्रतिशत प्राप्त गरेको थियो ।
२०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सिट संख्या १३।८१ प्रतिशत झर्यो । ६०१ सदस्यीय संविधानसभामध्ये ८३ सिट जितेर तेस्रो स्थानमा खुम्चिएको माओवादीले समानुपातिक १६ लाख ९ हजार १४५ अर्थात् १५।२१ प्रतिशत मत प्राप्त गर्यो ।
२०७४ सालमा सबैभन्दा ठुलो वामपन्थी दल एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भए पनि अपेक्षाकृत मत वृद्धि गर्न सकेन । २७५ सदस्यीय प्रतिनिधिसभा मा माओवादीले जम्मा १९।२७ प्रतिशत अर्थात् ५३ सिट जित्यो । समानुपातिक १३ लाख ३ हजार ७२१ अर्थात् १३।६६ मतमा खुम्चियो ।
२०७९ सालमा कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा होमियो । गठबन्धनको फाइदा कांग्रेसले लिँदा माओवादीले अपेक्षाकृत रुपमा मत वृद्धि गर्न सकेन । ११।६३ प्रतिशत अर्थात् ३२ सिट जितेको थियो । समानुपातिक ११ लाख ७५ हजार ६८४ अर्थात् ११।१३ प्रतिशत मत ल्याएर तेस्रो स्थानमै सिमित रह्यो ।
तेस्रो दल भएर पनि ‘३२’ अंकलाई जादुयी नम्बरको संज्ञा दिँदै प्रचण्डले कहिले कांग्रेस कहिले एमालेसँग मिलेर झण्डै १८ महिना सरकारको नेतृत्व लिए । २०८१ साल असार ३१ गते कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बनाएपछि १२ वर्षपछि माओवादी प्रतिपक्षमा पुग्यो ।
भदौमा भएको जेनजी विद्रोहको निसानामा माओवादी समेत पर्यो । आक्रोशित आन्दोलनकारीले प्रचण्डलगायत उच्च नेताहरूको घर, पार्टी कार्यालय ध्वस्त बनाएको थियो । जेनजी विद्रोहको बलमा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनिन् । कार्की सरकारले संसद विघटन गरी फागुन २१ मा निर्वाचन घोषणा गर्दा सबैभन्दा बढी समर्थन अहिलेको नेकपाले गरेको थियो ।
२३ जेनजीको हत्या र राज्यका महत्त्वपूर्ण सम्पत्ति जोगाउन असफल रहेकाले निर्वाचनमा कांग्रेस र एमाले बढारिने तथा नेकपा निर्णायक शक्तिको रुपमा स्थापित हुने आकलन गरेको आन्तरिक मूल्यांकन फेल खाएपछि पाँच वर्ष सत्तामा पुग्ने बाटो बन्द भएको छ । योपटक जनमतले मात्र होइन, प्रचण्डलाई जादुयी नम्बरले समेत साथ दिएन । २०७० सालदेखि तेस्रो स्थानमा रहेको नेकपा योपटक चौथो स्थानमा पुगेको छ ।
EuPBjzjWkeuAiLJR
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो