चित्रकुमारी थाङ्सुहाङ सुब्बा
कमजोर भु–धरातल, बदलिएको मनसुन तथा जलवायु परिवर्तनका कारण नोपलमा बाढी, पहिरो भुक्षयलगायतका प्राकृतिक जोखिम अत्याधिक रहेको छ भने अर्कोतर्फ सक्रिय टेक्टोनिक प्लेटको सीमानामाथि रहेकाले भुकम्पनीय दृष्टिकोणले समेत उयत्तकै जोखिम रहेको छ । साना–ठूला भुकम्पहरु आइरहन्छन् । जन्मसन पहाडमा हुँदा नै सानोमा आफूभन्दा ठूलावडाले आज भइँचालो आयो नि भन्दा ‘कस्तो हुन्छ होला भुइँचालो अँदा भन्ने मनमा कौतहुलनता लागिरहन्थ्यो ।
पहिलो पटक २०४५ साल भाद्र ५ गते बिहानीपख पूर्वमा आएको भकम्पले भने नराम्रोसँग झस्काइदियो । ढुंगा र माटो जोडेर बनाइएको घर जसमा काठको वरण्डामा बनाएको कोठामा सुतिरहेको समयमा बिहानको करिब ५ बजेतिर भुकम्प आएपछि ढोका खोलेर बाहिर निस्कन खोज्दा लड्न पुगेको अहिले पनि सम्झन्छु ।
२०७२ साल वैशाख १२ गते र २९ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट मुलुकले ठूलो मात्रामा मानवीय तथा भौतिक कति बेहोर्नुपन्यो । उक्त विनाशकारी भूकम्पबाट ८ हजार ९ सय ७९ जनाको ज्यान गएको र २२ हजार ३ सय ९ जना घाइते भएको तथ्यांक सार्वजनिक भयो । कैयौं भौतिक संरचनाहरु ध्वस्त भए । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्बोक, भक्तपुर, ललितपुर, काठमाडौ, नुवाकोट, चादि गोरखा, मकवानुपर, सिन्धुली र ओखलढुंगा १४ जिल्ला अति प्रभावित भए ।
२०४५ वैशाख १२ गते शनिबारको दिन घरमै थिएँ । विहान युवासँग ग्राण्डी हस्पिटलमा बिरामी हेर्न गई फर्केर आउँदा करिब १० वजिसकेको थियो । अरु दिन भन्दा केही ढिलो खाना खाएपछि झपक्क निद्रा लागेर ढल्केकी मात्र के थिए । घर यसरी हल्लायो कि बाहिर निस्कन नै गाह्रो भयो, तर पनि ढोकामा ठोक्किँदै चप्पल पनि नलगाई बाहिर ग्रामर कलेजको कम्पाण्डमा कतिबेला पुगिसकेछु । त्यस समय नन्दको छोरी कन्जुम (मैले आफ्नै छोरी जस्तो मानेकी छु) र म मात्र घरमा थियौ । छोरा जापान र श्रीमान् रसुवाको प्रोजेक्टमा कार्यरत हुनुहुन्थ्यो। पराकम्पनले वीचविचमा तर्राईरहेको थियो । के गर्ने दुविधामा दिए केही शुभचिन्तकहरूको फोन आईरहेको थियो । छोराले पनि जापानबाट विचविचमा सम्पर्क गरी विन्ता व्यक्त गरिरहेको थियो तर श्रीम भने फोन सम्पर्क हुन सकेको थिएन । अचानक २ दिनपछि उहाँ पर आईपुग्नुभयो । हेलिकेप्टरबाट रेस्क्यु गरी ल्याइएको रहेछ । मा हुनुहुन्थ्यो । आमा बुवाको नजिकै दिपिका स्कुलको छेउमा गाडीको राखिएको खाली जमिनमा हामी राती डराई डराई सुत्ने गथ्र्यौ ।
तर, २९ गते भने संघको कार्यालयमा इफको भारतका सहकारीकर्मीह छलफलको बेला एक्कासी जोडकासाथ भवन हल्लन थाल्यो । के गरौं, कसो गरौं भएको त्यो त्रासको समयमा अध्यक्षले सबैलार्य संयता अपनाउन विशेष आग्रह गर्नुभयो । भूकम्पमा परिएको थियो । १२ गतेको भूकम्प विश्वको ध्यान नेपालतिर खिधिएको थियो । ठुल्ठूला पराकम्पनको पुनरावृतिले अब के हुने होला भन्ने अन्योल छाएको थियो । त्यस प्रकारको विपद्का समयमा सहकारी(के कस्तो योगदान गर्न सकिन्छ भनेर संघले विषयगत केन्द्रीय संघ र राष्टिूय सहकारी बैंकको अध्यक्ष तथा प्रतिनिधिहरुबीच बैठक आयोजना गरेको थियो । सबै सहकारी संघ(संस्थाको अभिभावक निकाय राष्टिूय सहकारी संघ भएकोले भुकम्पबाट प्रभावित व्यक्तिहरुको उद्दार गर्न तथा सक्दो राहत वितरण नर्ग आब्ह्वान गरिएको थियो । यसै अनुरुप धेरै सहकारी संघ(संस्थाले राहत सामग्री वितरण, स्वास्थ्य उपचारमा संलग्न तथा उद्दारमा खटिनुका साथै नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम योगदान गरेर विपद्मा सहकारीको भूमिका स्थापित गर्न सफल भएका थिए ।
अन्तर्राष्टिूय सहकारी महासंघ लगायत अन्य मुलुकका सहकराी संघ(संथाहरुले समेत सहयोग गरेको उक्त विपद्का समयमा इफ्को भारतबाट ठूलो परिणाममा राहत सामग्री प्राप्त भई प्रभावित क्षेत्रमा वितरण गरिएको यियो । भुकम्पपछिको ठूलो पराकम्पन गएको ठिक अघिल्लो दिन २८ गते इफ्कोको टोलीसँग हामी राहत सामग्री वितरणका लागि काभ्रे पुगेका थियौं । राहत बितरण स्वभाविक ढङ्गले अगाडि बढिरहेको थियो । त्यहि समय केहि सहकारीकर्मीले बितरणमा अवरोध सिर्जना समेत गरेका थिए ।
अत्यन्त प्रभावित सिन्धुपाल्चोक जिल्लाको अवस्था के होला, कौतुहलता जाग्यो । काभ्रेबाट सिधै सिन्धुपाल्चोक तर्फ लाग्यौं । बाटाका दृश्यहरु र सिन्धुपाल्योकको चौताराको दृश्य हृदयविदारक थियो । जताजतै संरचनाहरु भत्केको देखेर मन आत्तियो ।
प्रभावित अन्य जिल्लाहरु दोलखा, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लामा समेत राहत वितरण भयो । यस विपद्का समयमा सहकारी अभियानको क्रियाशीलतालाई नेपाल सरकार र अन्तर्राष्टिूय सहकारी अभियानले समेत प्रशंसा गरेको थियो । अभियानको यस कार्य अन्य मुलुकका लागि अनुसरणयोग्य भएको तथ्य अन्तर्राष्टिूय सहकारी महासंघका विभिन्न फोरमहरूमा नेपालको तबाट कार्यपत्रहरु प्रस्तुतले स्पष्ट पार्दछ । भूकम्पबाट प्रभावित क्षेत्रमा अन्य क्षेत्रका सहकारी संघ(संस्थाले राहत सामग्री खाद्यान्नहरु, पाल, जस्तापाताजस्ता अस्थायी बस्ने स्थान निर्माणका वितरण लगायतका काममा महत्वपूर्ण सहयोग एका थिए। भूकम्प प्रभावित क्षेत्रमा भत्किएका संरचनाहरु पन्छाउन तथा उद्धारका लागि समेत सहकारीकर्मीहरु परिचालित थिए ।
सन् २०१६ को नोभेम्बर १५ देखि १२ सम्म भारतको नयाँदिल्लीमा भएको राष्टिूय सहकारी एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भुकम्पका समयमा सहकारी अभियानको योगदान सम्बन्धी कार्यपत्र प्रस्तुतिको अवसर पाएकी थिए । त्यो अफैमा महत्वपूर्ण थियो, तर त्यस दिनको प्रस्तुति राम्रो भएन । अंग्रेजी उच्चारणमा प्रष्ट नभएर हो वा कार्यपत्र प्रस्तुतिमा पूर्व तयारी अपुग भएर हो । प्रस्तुतिपछि सहभागीबाट जिज्ञासा आएन भने त्यो सत्र रोचक हुँदैन । त्यस्तै भयो । पूर्व तयारी गर्ने पर्ने महत्वपूर्ण सिकाई बन्यो ।
सहकारीमा २५ वर्ष भोगाई र अनुभुतिबाट
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो