चालक, ट्राफिक र बटुवालाई जिम्मेवार बन्दा मात्र दुर्घटना न्युनिकरण सम्भव

फाष्ट मिडिया नेपाल संवाददाता

ट्राफिक प्रहरीलेको रिपोर्ट हे¥र्यो भने दुर्घटना चालकको लापरवाहीबाट धेरै भएको देखिन्छ तर आम मानिसले सवारी दुर्घटनाको कारक ट्राफिकलाई दिइरहेका हुन्छन । त्यहाँ लाइट भएन, त्यहाँ जेब्रा भएन, त्यहाँ आकाशेपुल भएन वा त्यहाँ ट्राफिक नै भएन, सरकारको नीति ठिक भएन वा यस्तै यस्तै दर्जनौं आरोपहरु ट्राफिक प्रहरीमा लाग्ने गर्दछ तर प्रहरी भने मापासे गरेको, ध्यान नदिएको, डूाइभिङ गर्दा मोबाइल चलाएको, भत्केका बाटाहरुमा ध्यान नदिएको, स्कुल वा भिडभाड हुने स्थानहरुमा संवेदनशिलता नदेखाएको जस्ता कुराले सवारी चालक नै दुर्घटनाको जिम्मेवार ठहरिने प्रहरीले बताउँछन । यहाँनेर अब कसको कुरा ठिक वा बेठिक भन्नुभन्दा पनि यिनै दुई तर्फका कुराहरुको सामान्जस्यता वा मिश्रणबाटै दुर्घटना बढी हुने देखिन्छ । ट्राफिक दुर्घटना हुन नदिनेतर्फ जिम्मेवार हुन आवश्यक देखिन्छ भने चालक नै पहिलो व्यक्ति हो जसले दुर्घटना हुन्छ कि भन्ने चेत दिमागबाट एक सेकेण्ड पनि छुटाउनु हुन्न । ट्राफिक प्रहरी, चालक र बटुवा यति तीन जना दुर्घटनाका सम्बन्धमा जिम्मेवार र संवेदनशिल बनेको खण्डमा दुर्घटना न्यु्निकरण हुन कसैको मुख चियारहन पर्दैन तर यि तीन जनाको सहकार्य, समन्वय र सामाञ्जस्यता हुन आवश्यक देखिन्छ । जसको अचुक औषधी भनेकै एउटै जनचेतना नै हो । 

दुर्घटना घट्नेतर्फ भन्दा पनि बढ्नेतिर सँधै अग्रसर देखिन्छ । केही दिन अगाडि मात्र गृहमन्त्रालको एउटा तथ्याङ्क बाहिरिएको छ ।

चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क भनेको कहालीलाग्दो नै हो । दुःखदायी यो तथ्याङ्क निर्मुलीकरणमा माथि उल्लेखीत तीन जना अनिवार्य रुपमा एक ठाउँमा उभिनै पर्ने देखिन्छ । गृहमन्त्रालयको रिपोर्टले सवारी चालकको लापर्वाही र ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको बढेको जनाइएको छ ।  गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सडक दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ । गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्या भने बढेको देखिएको छ । अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको निधन भएको छ ।

दुर्घटनामा कसैले सवारी चालकलाई दोष दिने, कसैले यातायात व्यवसायी, त कसैले ट्राफिकलाई दोष देखाएका छन् भने बढी मात्र नीति नियम बनाउने सन्दर्भमा सरकार नै दोषी भएको पनि बताउने गरेका छन् तर यहि कारणले बढी दुर्घटना भएको हो भन्ने एकिन कसैले गर्न सकिरहेको छैन । जसले गर्दा दैनिक दर्जनौं मानिसहरुले अनाहकमा दुर्घटनामा परेर ज्यान गुमाउनु परेको अवस्था छ ।  ठूला ठूला दुर्घटना हुँदा आयोग बन्ने गरेको भए पनि त्यो आगोगले दिएका सुझावमा धुलिया लाग्ने गरेका कारण एकातिर छ भने अर्कोतिर गाडी चलाउने चालकलाई पनि कुनै न कुनै सूचक जाने र उसले दुर्घटनाबाट जोगाउन सक्ने प्रविधिहरु विश्वमा छन तर नेपालमा त्यो नभईरहेको अवस्था पनि छ । सवारी चलाउँदा अगाडिको बाटो के कस्तो छ, कस्ता गाडी कसरी आउँदैछन भन्ने इन्डिकेटरबाट थाहा पाउने प्रविधियुक्त गाडीहरु अन्य देशहरुले चलाउने गरेका भए पनि नेपालमा त्यसको अत्तोपत्तो देखिँदैन । नेपालका बाटोघाटो पनि अत्यन्तै जोखिमपूर्ण देखिन्छन । सडक निर्माण अर्को समस्या भईरहेको छ । जताततै सडक, पिच, ग्राभेल गर्ने कामले पनि धेरै दुर्घटना निम्त्याउने गरेको छ ।  

चालक, सवारी चालक र बटुवा यि तीन पक्षका स–साना कुरालाई ध्यान दिने हो भने पनि सवारी दुर्घटना धेरैहदसम्म न्युनिकरण हुनसक्छ । चालकलाई समय र सडकको प्रकृति फेरिँदा सोही अनुसार प्रशिक्षित गराउनुपर्छ । अहिले सडक सुरक्षाका सन्दर्भमा राज्यबाट जति काम हुनुपर्ने हो, ती भएका छैनन् । भएका गतिविधिहरू पनि प्रभावकारी नहुँदा दुर्घटना बढेको हो । हाम्रो मापदण्ड, नीति पनि पुरानो भइसक्यो । ०५८ सालमा बनेको सडक यातायात नीति यतिका वर्ष भइसक्दा पनि राज्यले अहिलेको परिवेश अनुसार बदल्न सकिरहेको अवस्था छैन । यि सब कुरालाई सुधारेर दुर्घटना हुनबाट रोक्न राज्यले पहल गर्न आवश्यक देखिन्छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया