इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ स्थित हाम्रो टोल विकास संस्थाले टोलको शान्ति सुरक्षामा विशेष चासो चिन्ताका साथ काम गरिरहेको छ । टोलका युवाहरुको सक्रियतामा घरघरमा भित्रिइसकेको चाडपर्वमा सरसफाई, पोलमा बत्ति जडानदेखि हरेक दिन राती गस्ति गरेर टोललाई सुरक्षित राख्दै आएका छन् ।
टोलका अगुवा चित्र सिग्देलको संयोजन तथा नेतृत्वदायी भूमिकामा स्वस्फुर्त रुपमा उक्त टोलका युवाहरु लागिरहेको सामाजिक अगुवा चन्द्र अधिकारी बताउँछन् । उनले टोलमा नयाँ अनुहार नदेखिउन र अपराधिक मुद्दामा विभिन्न कारागारबाट भागेका कैदीहरुका कारणले टोलमा कुनै असर नपु¥याओस् । अपराधिक मनसायका व्यक्तिहरुले टोलमा रातभरि युवाहरुले गस्ति गर्छन भन्ने सन्देश सबैतिर जाओस् यो टोलले गरेको गस्तिका कारण अन्य टोलमा पनि गस्तिको प्रारम्भ होस् भन्ने उद्देश्यका साथ नै गस्तिलाई निरन्तता दिइएको बताए । उनले बेलुकी ८ देखि साढे ८ बजेभित्र सबै पसलहरु बन्द गरेर सुरक्षित रहिदिन र यसका लागि छिमेकी टोलहरुले पनि सहयोग गर्न आग्रह गरेका छन् । आफ्नो टोल आफै सुरक्षित गरौं भन्ने मर्मका साथ गस्तिमा युवाहरुको सक्रियता हरेक दिन भईरहेको अभियन्ता प्रकाश खरेल बताउँछन् ।
