उर्लाबारीमा आदिवासी जनजाति महिलाको निर्णायक तहमा अर्थपूर्ण सहभागिताबारे एकदिने कार्यक्रम सम्पन्न
आदिवासी जनजाति महिलाको निर्णायक तहमा अर्थपूर्ण सहभागिता विषयमा तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उर्लाबारीस्थित ग्राण्ड होटलमा सम्पन्न कार्यक्रममा डा. शान्ति देवी राई, गोपाल देवान र भिम राईले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न जाति तथा समुदायका २५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
टेवा नेपालको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा आदिवासी जनजाति महिलाहरू किन नीति निर्माण तथा निर्णय प्रक्रियामा पुग्न आवश्यक छ भन्ने विषयमा केन्द्रित रहेर छलफल तथा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा निर्णायक तहमा महिलाको सहभागिताले समावेशी लोकतन्त्र सुदृढ हुने, नीति निर्माणमा समुदायका वास्तविक मुद्दा समेटिन सक्ने र सामाजिक न्यायको प्रत्याभूति हुने विषयमा जोड दिइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले नेतृत्व विकासमा टेवा पुर्याउने बताएका छन् ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो