मेष – आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसेपन आउला । तथापि, मित्रजन नजिकिनेछन् । खर्च केही बढेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आश्वासन दिएर झुक्याउनेहरूबाट जोगिनका लागि आँखा चिम्लेर विश्वास गर्ने बानी हटाउनु पर्नेछ । गोपनीयतामा ध्यान दिनु हितकर होला । पराक्रम बढ्नेछ ।
वृष – पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइने योग छ । तर, आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । नियमित कार्यमा पनि हैरानी बढ्न सक्छ । रसरागको भाव जागृत होला । प्रेमभाव बढ्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – व्यस्तता वृद्धिका साथै सानातिना समस्या आइरहे पनि दिन उत्साहपूर्ण नै रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा सुधार हुने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा आकर्षण रहला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – दिन सामान्य नै छ । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला । साथीभाइको सहयोग प्राप्तिले सुख बढ्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – पीडा दिनेहरु सक्रिय रहनसक्ने समय छ, सावधान रहनुहोला । आज केही महत्वपूर्ण कामको अवसर पनि फुत्कने सम्भावना छ, यसप्रति सचेत रही व्यवहार गरे उपलब्धि मिल्नसक्ने देखिन्छ । व्यापार–व्यवसायमा भने राम्रै फाइदा हुने योग छ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहनेछ ।
कन्या – प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । सफलताका लागि धैर्यले काम लिने प्रयास गर्नुहोला । आरोग्यता रहनेछ । कार्यगतिका साथै सुख बढ्नेछ ।
तुला – श्रमको उचित मूल्यांकन हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउन सकिनेछ । खर्च भने केही वृद्धि होला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृश्चिक – आजको दिन मिश्रित फलदायी रहला । विशेष प्रयत्नका बाबजुद सफलता भने मध्यम स्तरमा मात्र हातपर्ला । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहनेछ । धनलाभको योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।
धनु – उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय छ । आजको दिन स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानमा सचेत रहनु हितकर होला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । खर्च पनि केही वृद्धि होला । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ । बोली र व्यवहारमा संयमता अपनाउन सके समस्याहरूबाट टाढा रहन सकिनेछ । दायित्व निर्वाहमा सवलता रहनेछ ।
मकर – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढाउला । चिताएको कुनै महत्वपूर्ण काम भने अधुरै रहने देखिन्छ । कृषि तथा पशुपालन व्यवसायमा खर्च बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि होला । नियमकानूनले साथ दिनेछ । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
कुम्भ – दौडधुप केही बढेपनि दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ भने नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइलेखाइमा प्रगति होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । सामर्थ्य वृद्धि हुनेछ ।
मीन – विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । आर्थिक लाभ होला । चिताएको काम बन्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । आफन्तको साथ मिल्नुका साथै सुख–सुविधाको वस्तु बढ्नेछन् ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो