भ्रमित कि दासत्व

फाष्ट मिडिया नेपाल संवाददाता

विचार : केशव कार्की “सिंगर”

विभिन्न समय–कालखण्डमा विभिन्न व्यवस्था सञ्चालनका क्रममा जन्मिएका कमी कमजोरीहरु, नियमहरु संशोधन हुँदै आए पनि राज्यको आवश्यकता र जनचाहना बमोजिमको विकासमा आजको २१ सौ शताब्दी नेपालको हकमा विकासमा पछाडि नै छ । परिवर्तनका पक्षमा जनताले जाहेर गरेका अभिमत अनुसारका राज्य सञ्चालन गर्न नेतृत्व तह चुकेको देखिन्छ ।  भौगोलिक, आर्थिक अनेकौ कोणबाट विकसित भएका देशको बीचमा अडिएर पनि ति देशको विकासले छुन सकेको छैन । 

अझै छिमेकी देशहरुको दाँजोमा नेपाल र नेपालीको अवस्था धेरै नाजुक रहेको छ । इतिहासलाई हेर्ने हो भने २००७, १७, २८, ४६ ६२–०६३ मा भएका परिवर्तन हुँदै त्यसपछिका राज्य सञ्चालनमा देखिएका विकृति र विसंगतीले नयाँ व्यवस्थामा पुरानो विचारले काम गर्दैन भन्ने महसुस सबैमा भएको छ । नेतृत्वको कार्यशैली विचार पुरानै भयो भने यो व्यवस्था हुनु र नहुनु पनि कुनै अर्थ राख्दैन, आशय मदन भण्डारीले पहिला नै दूर दृष्टि भएको थियो । समयको परिबर्तन सँगै देशको मुहार फेर्ने राजनीतिको नाममा संघर्षको नाममा सीमित व्यक्तिहरुको जीवन परिवर्तन चमत्कारिक नै भयो होला देखेका पनि छौँ , जसको पृष्ठभूमि आधा जीवन जेलमा बिताएर पनि नेपालमै कुनै पेशा व्यवसाय बिना अर्बौँ खर्बौंको सम्पत्तिको मालिक बनेका छन्। तर सर्वसाधारणको जीवनमा कुनै ठोस परिवर्तन आउन सकेन । 

दैनिक एयरपोर्ट बाट हजारौ नेपाली नागरिक पासपोर्ट हातमा थमाएर रेमिट्यान्सको लागि बाहिर पठाउने हो भने खै राष्ट्रियता ? खै नेपालीको पहिचान? नेपाल केवल श्रमिक उत्पादन गर्ने केन्द्रमा मात्र सीमित राख्ने हो। या आफ्नै देशमा ऊर्जाशील शक्तिहरुलाई राखेर देश विकासमा अग्रसर गराउने हो। , नीति र निर्माण बनाउनुपर्ने ठाउँमा समस्याको समाधानतर्फ कहिले बहस छलफल हुने गरेको सुनेको छैन टिका टिप्पणी विरोध र काण्डै काण्डको ढाकछोप गर्ने बहुमत तयार भएका दोहोरी साझ पक्ष र प्रतिपक्ष मा हुने रमिता कहिलेसम्म हो? नेपाली नागरीकलाई भ्रष्टाचारको जगमा रहेर नेपाललाई ग्रेलिस्टमा बनाउँदा नेपालीको बेजत गर्न जिम्मेवार सरकारलाई कहिले सम्म छुट छ ? मानिसका आधारभूत न्यूनतम आवश्यकतालाई पनि आजसम्म प्रचारबाजी गर्दै चुनावमा भोट बैंकको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ यहीँबाट प्रष्ट हुन्छ कि नेपालीहरूलाई कतिसम्म नेता भनाउँदाहरुले भ्रममा राखेका छन् भन्ने कुरा, सर्वसाधारण नेपाली जनताहरूले तिरेको करबाट भत्ता बाँड्यो भने मेरो पालामा मैले दिएको भत्ता भनेर भोट असुल्नतिर लाग्छन, पत्रकारले देशमा भइरहेको व्यथितिको विषयमा कुनै घुसकाण्डको विषयमा बाहिर निकाल्यो भने वा ह! पत्रकार साहसी बहादुरी निडर ठहरिन्छ । राज्यको चौथो अङ्ग मानिने पत्रकारले सहज ढङ्गले आफ्नो कर्तव्य पूरा गर्न कतिको कठिन वा सहज छ भन्ने कुरा सजिलै आँकलन गर्न सकिन्छ । 

प्रहरीले कतै लागू औषध तस्करलाई समात्यो वा आपराधिक क्रियाकलपहरुलाई रोक्दैछ भने तीहा उसको जिम्मेवारीलाई बिर्सेर निडर, साहसी जस्ता संज्ञा दिइन्छ । भने पछि हामी धेरै भ्रममा छौं या दासत्व स्वीकार गरेर बसेका छौं सोच्ने बेला आयो, राज्यकोतर्फबाट नागरिकलाई पानी समेत दिन सकेको छैन बत्ती बिजुलीबाट अन्धकार तिर जान्छ, तुइनबाट बर्सेनी नागरिकको ज्यान जान्छ, सामाजिक सञ्जालमा नियमन गरिन्छ ताकि आफ्नो कुनै काण्ड बाहिर बाहिर न ल्याओस् । समृद्ध नेपालको परिकल्पना कतिको साबित होला । खेतमा रोपेर फल्ने धान घाँटीमा पहिरिएर धान दिवस मनाउने जमाना छ । काठमाडौँको न्युरोडका जनतालाई हेरेर सिङ्गो नेपालीहरूको स्तर पत्ता लगाउने डिभाइस छ । सत्यता नहोस्, तर उखान टुक्का पनि पत्याई दिन परेको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया