राज्य सञ्चालनमा विश्व चकित बनाउँदै बुर्किना फासोका नेता इब्राहिम ट्राओरे : पश्चिमा देशहरुलाई चुनौति
बुर्किना फासोका नेता इब्राहिम ट्राओरे आफ्नो मुलुकको पुनर्निर्माण गर्दैछन् । यो प्रक्रियामा उनले पश्चिमा मुलुकमा भने दुस्मन थपिरहेका छन् । सन् २०२२ मा सत्तामा आएसँगै यी सैन्य क्षेत्रका युवा नेताले फ्रान्सका सेनालाई बुर्किना फासोबाट धपाए । पश्चिमा बहुराष्ट्रिय निगमहरू निकालिदिए । साथै आफ्नो मुलुकलाई रुस, क्युबा र भेनेजुएलाको निकट ल्याएर उभ्याइदिए ।अफ्रिकी एकताको प्रवर्द्धन गर्दै बुर्किना फासोको राष्ट्रिय आत्मनिर्भरताको कार्यक्रम लागु गर्दै गर्दा उनी पटक पटक सैन्य ‘कू’ बाट पनि जोगिँदै हिँड्नु परेको छ । यसरी आफूलाई साम्राज्यवाद विरोधी बनाउँदै लगेपछि उनी वासिङ्टन र पेरिसको आँखाको तारो बन्न थालेका छन् ।घेराबन्दीमा ट्राओरेबुर्किना फासोको सरकारले दिएको जानकारी अनुसार ट्राओरे गत महिना बाह्य मुलुकको योजनामा भएको ‘कू’ को प्रयासबाट मुस्किलले बचेका थिए । रक्षामन्त्री महामदौ सानाका अनुसार गत १६ अप्रिलमा राष्ट्रपति भवनमा आक्रमण गर्ने ठुलो षड्यन्त्र भएको थियो । तर ट्राओरेको सेनाले त्यसलाई विफल बनाएको थियो ।उनका अनुसार षड्यन्त्रकारीहरू छिमेकी मुलुक आइभरी कोस्टमा आधारित भएर त्यस्तो प्रयास गरिरहेका छन् । आइभरी कोस्टको सरकार अफ्रिकामा अमेरिका निकटको सरकार मानिन्छ । त्यहाँ हालै अमेरिकी सैन्य उपस्थिति पनि विस्तार भएको छ । ट्राओरे सन् २०२२ को सेप्टेम्बरमा सैन्य तख्तापलटमार्फत सत्तामा आएका हुन । सत्ता सम्हालेदेखि नै ट्राओरेले अमेरिका मात्र नभएर सबैजसो पश्चिमी सरकारहरूबाट व्यापक आलोचना खेप्दै आएका छन् । अफ्रिकामा अमेरिकी सेना ‘अमेरिकी–अफ्रिकी कमाण्ड’ ९अफ्रिकोम० का नाममा परिचालित छ । पेन्टागनको अफ्रिकाको क्षेत्रीय कमाण्डका रूपमा रहेको अफ्रिकोमले अफ्रिकाभरि अमेरिकी सैन्य अपरेसन, गुप्त सूचना सङ्कलन तथा सुरक्षा साझेदारीको समन्वय गर्ने गर्छ । युद्धको सबैभन्दा शङ्कास्पद र डरलाग्दो घटना सन् २०२३ मा कर्मा नामको गाउँमा भएको थियो । त्यहाँ करिब १ सय ५० जनाको नरसंहार भएको थियो । सरकारले यो नरसंहारको कडा निन्दा गरेको छ । एम्नेस्टी इन्टरनेसनल जस्ता अधिकार समूहहरूले सरकारलाई नै उक्त हत्याका लागि जिम्मेवार ठहराएका छन् ।
यस्तो गतिविधिलाई प्रायः आतङ्कवाद विरोधी अपरेसनको रूपमा चित्रण गर्ने गरिन्छ । गत ३ अप्रिलमा अफ्रिकोमका कमान्डर जनरल माइकल ल्याङ्लीले सिनेटमा बुर्किनाफासोका नेताहरू र खासगरी इब्राहिम ट्राओरेको आलोचना गरेका थिए । उनले बुर्किना फासोका नेताहरूले चरम भ्रष्टाचार गरेको तथा अफ्रिकामा ‘रुसी साम्राज्यवादलाई विस्तार गर्न’ मद्दत गरेको समेत आरोप लगाएका थिए । जुन दिन बुर्किना फासोमा ‘कु’ को प्रयास भयो त्यस दिन अमेरिकी दूतावासले आफ्ना नागरिकका लागि यात्रा निर्देशिका हेरफेर गरेर ‘यात्रा नगर्नु’ भन्ने ‘ट्राभल एडभाइजरी’ जारी गरेको थियो । यी घटनाहरू हुँदै गर्दा अमेरिकी सैन्य कमान्डर ल्याङ्लीले यो वर्ष आइभरी कोस्टका रक्षामन्त्री टेने व्राहिमा वउटारासँग धेरै पटक भेटेको बताइएका छन् । यस्तो भेट ‘कू’ प्रयास भन्दा अघि र पछि दुवै समयमा बाक्लो रहेको पाइएको छ ।उता सत्तामा आएदेखि नै ट्राओरेले आफ्नो देशमा पश्चिमी शक्तिहरूको प्रभावलाई योजनाबद्ध तथा व्यवस्थित रूपमै घटाउँदै आएका छन् । यसलाई उनले राष्ट्रिय सार्वभौमिकताको कुरा भन्ने गरेका छन् । सन् २०२३को जनवरीमा उनले फ्रान्सेली राजदूतलाई निष्कासन गरिदिए । साथै फ्रान्सलाई ‘साम्राज्यवादी राज्य’ समेत घोषणा गरे ।त्यसको एक महिनापछि उनले फ्रान्सेली सेनालाई तत्काल बुर्किना फासो छाड्न आदेश दिए । यस्तो अभियानले त्यसअघि फ्रान्सेली साम्राज्यको प्रभावमा रहेका अरू पश्चिम अफ्रिकी राष्ट्रहरूलाई पनि फ्रान्सेली सेना धपाउन सजिलो बनायो । आजको दिनसम्म माली, चाड, सेनेगल, नाइजर र आइभरी कोस्टले फ्रान्सेली सेनालाई आफ्नो मुलुकबाट निष्कासन गरिसकेका छन् । यस्तो कदमबाट आक्रोशित फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले बुर्किना फासोलगायत अन्य मुलुकलाई ‘कृतघ्नता’ को आरोप लगाए । ‘यी मुलुकहरूले फ्रान्सलाई ‘धन्यवाद’ भन्नुपर्नेमा उल्टै अपमान गरिरहेको उनको भनाई थियो । ट्राओरे प्रशासनले पश्चिमा सरकार समर्थित सञ्चार माध्यमहरूलाई या त प्रतिबन्ध लगाएका छन् या देश निकाला गरिदिएका छन् । उनीहरूलाई नवउपनिवेशवादका प्रतिनिधि घोषणा गरिएको छ । यसको सुरुवात नै ‘रेडियो फ्रान्स इन्टरनेसनल’ र ‘फ्रान्स– २४’ बाट गरिएको थियो । त्यसपछि सन् २०२४ मा ‘भ्वाइस अफ अमेरिका’, बीबीसी तथा जर्मनीको ड्वेचे विल्ले९डिडब्ल्यु० लाई प्रतिबन्ध लगाइयो । यस्तो कदमले पश्चिमा संगठनहरुको आलोचना निम्त्यायो । यसको उदाहरणका रूपमा ‘ह्युमन राइट्स वाच’ ले ट्राओरे सरकारलाई अल्पमत पक्षमाथि निर्मम ‘दमन गरेको’ आरोप लगायो ।उनले जबरजस्ती हुने विवाहलाई गैरकानुनी करार गर्दै रोकिदिएका थिए । महिलाको यौनाङ्ग काटिदिने प्रथालाई निषेध गरेका थिए । साथै ठुलो सङ्ख्यामा महिलालाई विभिन्न सरकारी भूमिकामा स्थान दिएका थिए ।स्वतन्त्र घोषणा भएको आधा शताब्दीसम्म पनि फ्रान्सले अफ्रिकामा रहेका आफ्ना पूर्व उपनिवेशहरूमा उल्लेख्य नियन्त्रण कायमै राखेको छ । १४ वटा मुलुकले ‘सिएफए फ्रान्क’ नामको मुद्रा चलाएका छन् । यसलाई पहिले फ्रान्सेली मुद्रा फ्रान्कसँग ‘पेग’ गरेर निश्चित विनिमय प्रणालीमा राखिएको थियो भने अहिले युरोसँग जोडिएको छ । यसको अर्थ उनीहरूले फ्रान्स र युरोपबाट आयात गर्दा धेरै सस्तो पर्छ भने युरोप र बाँकी संसारमा निर्यात गर्दा धेरै महँगो पर्न जान्छ । ‘सिएफए फ्रान्क’ को मौद्रिक नीति माथिको ‘भिटो पावर’ फ्रान्सले कायमै राखेको छ । यसले अफ्रिकी मुलुकहरूलाई आर्थिक रूपमा पेरिसमाथि निर्भर बनाएको छ ।ट्राओरेले ‘सिएफए फ्रान्क’ लाई ‘अफ्रिकामा दासत्व कायम राख्ने’ संयन्त्रको रूपमा वर्णन गरेका छन् । साथै अब आफ्नै नयाँ मुद्रा सुरु गर्नेसमेत घोषणा गरेका छन् । यस क्रममा माली, नाइजर तथा बुर्किना फासो जस्ता मुलुकले पश्चिमा समर्थित क्षेत्रीय संगठन ‘इकोवास’ परित्याग गरेर साहेल मुलुकहरूको गठबन्धन बनाएका छन् । उनीहरूले यसलाई साम्राज्यवाद विरोधी अफ्रिका निर्माणका लागि अफ्रिकाली मुलुकहरूले निर्माण गरेकोको संगठनको पहिलो कदम भनेका छन् ।थोमस संकाराको विरासतमाथि उल्लेख भएको जस्तो अभियान बुर्किना फासोमा क्रान्तिकारी नेता थोमस संकाराको सपना थियो । ट्राओरे जस्तै संकारा पनि आफ्नो तीन दशकको उमेर हाराहारीमै सत्तामा पुगेका थिए । सत्तामा पुगेको चार वर्षमै उनले वैदेशिक सहायताको निर्भरता घटाउने तथा मुलुक भित्रको उत्पादकत्व बढाउने खालका व्यापक सुधारका कार्यक्रम सुरु गरेका थिए । उनको भनाइ नै थियो ‘हामीलाई जसले खुवाउँछ उसले हामीमाथि नियन्त्रण गर्छ ।’ उनले आन्तरिक उत्पादन, साना–स्तरका कृषि अभियानहरू मार्फत पोषणयुक्त तथा स्थानीय खाद्यान्न उत्पादनमा जोड दिएका थिए । त्यस क्षेत्र अधिकांश नेताहरू सार्वजनिक कोष हिनामिनामा लागिरहेको बेला संकारा भने समाजवादी क्रान्ति मार्फत सामाजिक आवास, स्वास्थ्य केन्द्र बनाउन तथा निरक्षरता उन्मुलन गर्नमा लागेका थिए । उनले जबरजस्ती हुने विवाहलाई गैरकानुनी करार गर्दै रोकिदिएका थिए ।महिलाको यौनाङ्ग काटिदिने प्रथालाई निषेध गरेका थिए । साथै ठुलो सङ्ख्यामा महिलालाई विभिन्न सरकारी भूमिकामा स्थान दिएका थिए । सन् १९८७ मा थोमस संकाराको हत्या भयो । अहिले इब्राहिम ट्राओरे सत्तामा आएपछि बल्ल संकाराको हत्यारा तथा पूर्व राष्ट्रपति ब्लेज कोम्पाओरेलाई दोषी करार गरिएको छ । कोम्पाओरे अहिले आइभरी कोस्टमा निर्वासनमा छन् । ट्राओरे आफूलाई थोमस संकारा र उनको आन्दोलनको शिष्यको रूपमा लिन्छन् । पश्चिमा टिप्पणीकारहरू भने उनले साँच्चीकै संकाराको पाइला पछ्याउँछन् कि पाउँदैनन् भन्ने कुरामा विभाजित मत राख्ने गर्छन् । पेन्टागनको ‘थिंक ट्यांक’ संस्था ‘अफ्रिका सेन्टर फर स्ट्राटेजिक स्टडिज’ का डेनियल आइजेंगा जस्ता केही विश्लेषकहरू यस्तो फौजी पोसाक र रातो फेटामा मात्रै समानता रहेको दाबी गर्छन् । ‘द इकोनोमिस्ट’ अखबार भने ट्राओरे वास्तवमै संकारा जस्तै भएको दाबी गर्छ । त्यसका अनुसार यसले ठुला व्यवसायका लागि नराम्रो सन्देश दिएको छ । उनीबारे भएका मूल्याङ्कनहरू फरक भएता पनि एउटा समानता के छ भने उनी अत्यन्त लोकप्रिय छन् भन्ने कुरालाई ज्यादै कमैले मात्र अस्वीकार गर्न सक्छन् । यसको उदाहरणका लागि हामी घानाका राष्ट्रपति जोन महामाको भनाइलाई लिन सक्छौँ । उनका अनुसार ट्राओरे गत जनवरीमा घानामा एउटा उद्घाटन समारोहमा उपस्थित भएका थिए । जहाँ उनले त्यहाँका राष्ट्रपति महामा लगायत उपस्थित अन्य सबै जना भन्दा धेरै प्रशंसा पाएका थिए ।बुर्किना फासो विश्वको १३औँ ठुलो सुन उत्पादक राष्ट्र हो । जसले प्रति वर्ष करिब एक सय टन भन्दा धेरै सुन उत्पादन गर्छ । जसको बजार मूल्य करिब ६ अर्ब डलर बराबर हुन्छ ।ट्राओरेका धेरै योजना र पहलहरू प्रत्यक्ष रूपमा थोमस शंकाराबाट र उनका अभियानबाट प्रेरित छन् । उनको सैन्य सरकारले खाद्य सार्वभौमिकता हासिल गर्नेमा जोड दिएको छ । कृषिलाई यान्त्रीकरण गर्नका लागि तथा धान, मकै र आलु जस्ता मुख्य बालीहरूको उत्पादन बढाउन उनको सरकारले १ अर्ब डलर बराबरको नयाँ योजना थालनी गरेको छ । ट्राओरेले बुर्किना फासोको खानी उद्योगलाई राष्ट्रियकरण गर्नका लागि पनि कदमहरू चालेका छन् । बुर्किना फासोको अर्थतन्त्रमा सुनको प्रधान भूमिका छ । सुनले त्यहाँको निर्यातको ८० प्रतिशत भन्दा धेरै हिस्सा ओगटेको छ । बुर्किना फासो विश्वको १३औँ ठुलो सुन उत्पादक राष्ट्र हो । जसले प्रति वर्ष करिब एक सय टन भन्दा धेरै सुन उत्पादन गर्छ । जसको बजार मूल्य करिब ६ अर्ब डलर बराबर हुन्छ । यति ठुलो उत्पादनका बाबजुद बहुराष्ट्रिय निगमहरूले उत्पादनको स्वामित्व र नियन्त्रण गर्ने भएकाले बुर्किना फासो र त्यहाँका जनताले उद्योगबाट थोरै मात्रै लाभ पाउन सकेका छन् । खासमा बुर्किना फासोको वार्षिक कुल गार्हस्थ्य उत्पादन नै लगभग १८ अर्ब डलर मात्रै छ ।ट्राओरे यहीँनेर प्रश्न गर्छन्, ‘स्रोतै–स्रोतले सम्पन्न अफ्रिका किन संसारको सबैभन्दा गरिब क्षेत्र भयो रु’ उनी भन्छन्, ‘अफ्रिकी राज्यका प्रमुख तथा नेताहरू साम्राज्यवादी कठपुतली बन्नु हुँदैन ।’ गत अगस्टमा उनको सरकारले पश्चिमी स्वामित्वमा रहेका दुई ठुला र मुख्य सुन खानीलाई राष्ट्रियकरण गर्यो । जसमा केवल ८० मिलियन डलर मात्रै खर्च भयो । यी खानीहरूले सन् २०२३ मा मात्रै करिब तीन सय मिलियन डलर भन्दा धेरैको सुन बेचेका थिए । गत सालको नोभेम्बरमा ट्राओरे प्रशासनले बुर्किना फासोको पहिलो सुन प्रशोधन केन्द्र निर्माणको घोषणासमेत गरिसकेको छ ।युद्धमा रहेको राष्ट्रबुर्किना फासो आजको दिनमा पनि सङ्कटमै छ । बुर्किना फासो मात्रै नभएर खासमा अफ्रिकाको साहेल इलाकाको धेरैजसो राष्ट्र सङ्कटमा छन् । लिबियामा सन् २०११ मा नेटोको हस्तक्षेपपछि सत्ता र बिपक्षमा रहेका हतियारधारी इस्लामी समूहहरू एक–आपसमा निर्मम युद्धमा फसेका छन् । त्यही बेलादेखि लिबिया उग्रवादको निर्यातकर्ता बनेको छ । युद्धको सबैभन्दा शङ्कास्पद र डरलाग्दो घटना सन् २०२३ मा कर्मा नामको गाउँमा भएको थियो । त्यहाँ करिब १ सय ५० जनाको नरसंहार भएको थियो । सरकारले यो नरसंहारको कडा निन्दा गरेको छ । एम्नेस्टी इन्टरनेसनल जस्ता अधिकार समूहहरूले सरकारलाई नै उक्त हत्याका लागि जिम्मेवार ठहराएका छन् ।जसले यस क्षेत्रलाई निरन्तर अस्थिर बनाइरहेको छ । देशको ४० प्रतिशत भाग अल–कायदा वा इस्लामिक स्टेटसँग जोडिएका सेनाको नियन्त्रणमा रहेको अनुमान गरिएको छ । सन् २०२४ मा मात्रै पनि बुर्किना फासोका करिब एक हजार भन्दा धेरै मानिसले यी समूहको आक्रमणबाट आफ्नो ज्यान गुमाएका थिए ।ट्राओरे सत्तामा आउँदा चुनाव गराउने वाचा गरेर आएका थिए । तर, यिनै विविध कारणहरूले गर्दा उनले चुनावको स्थगनलाई जायज बनाएको छ । चुनाव स्थगनको निर्णयको आलोचना पनि भएको छ । ट्राओरेले यसबारे बोल्दै ‘आफ्नो प्राथमिकता चुनाव नभएर सुरक्षा भएको’ बताएका छन् । बुर्किना फासोका जनताले यो निर्णयलाई कसरी लिन्छन् भन्ने हेर्न बाँकी नै छ । युद्धको सबैभन्दा शङ्कास्पद र डरलाग्दो घटना सन् २०२३ मा कर्मा नामको गाउँमा भएको थियो । त्यहाँ करिब १ सय ५० जनाको नरसंहार भएको थियो । सरकारले यो नरसंहारको कडा निन्दा गरेको छ । एम्नेस्टी इन्टरनेसनल जस्ता अधिकार समूहहरूले सरकारलाई नै उक्त हत्याका लागि जिम्मेवार ठहराएका छन् ।पश्चिमाहरूको टाउको दुख्नुको कारण यति मात्रै छैन । ट्राओरेले फ्रान्सेली सेनाहरूलाई आफ्नो देशबाट निष्कासन गरे तर रुसी सैन्य सल्लाहकारहरूलाई भने बुर्किना फासोमा स्वागत गरे । उनी गत मे ९ तारिखमा रुसमा दोस्रो विश्वयुद्धको विजय दिवसमा आयोजित परेडमा भाग लिन मस्को गए । उनका यस्ता गतिविधिले वासिङ्टन र ब्रसेल्समा गम्भीर त्रास सिर्जना गराएको छ । अमेरिकी सेना अहिले चीन र रुसमा केन्द्रित भएको तथा फ्रान्सेलीहरू पश्चिम अफ्रिकामा पहिले भन्दा कमजोर स्थितिमा रहेकाले उनी विरुद्ध सैन्य हस्तक्षेप गर्छन् कि गर्दैनन् भन्ने स्पष्ट छैन । बरु कुनै प्रकारको ‘कू’ को प्रयास वा ट्राओरेको हत्याको सम्भावना बढी देखिन्छ ।ट्राओरेले बुर्किना फासोमा आफ्ना नायक थोमस संकारा जस्तै अमिट छाप छोड्ने छन् वा के गर्छन् भन्ने कुरा पक्कै पनि समयले बताउने नै छ । अफ्रिकामा यस अघि पनि धेरै नेताहरू आमूल परिवर्तनको वाचा गर्दै सत्तामा आएका छन् । तर वाचा अनुरूप काम गर्न प्रायः असफल हुने गरेका छन् । ट्राओरेको हकमा भने उनले अफ्रिकी एकता ९पान–अफ्रिकावाद०, साम्राज्यवादको विरोध तथा आत्मनिर्भरताको सन्देश दिएर पहिलो झट्का भने सही रूपमा दिई नै सकेका छन् । आजसम्म ट्राओरे सही कुरा बोलिरहेका छन् । अब उनले आफ्ना प्रतिज्ञाहरू कार्यान्वयन गर्ने वेला आएको छ । इतिहासमा उनको भूमिका यसैले तय गर्नेछ । (मिन्टप्रेस न्युजबाट) ratopati
zCqnQYsJJSU
३२ जेठ २०८२, शनिवार ०९:४३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो