सघीय सरकारका दुई मन्त्रीको दोस्रो पटक पथग्रहण

खगेन्द्र कार्की

इटहरी । सघीय सरकारमा दुई पूर्वमन्त्री सुदन गुरुङ र महाविर पुनले दोस्रो पटक सितलनिवासमा शपथ लिएका छन् । प्रधानमन्त्री बालेन शाहले मगलबार मन्त्रिपरिषद् विस्तार गरेसागै उनीहरुको शपथग्रहण भएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष  गुरुङले गृह मन्त्री र महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न मन्त्रीहरू र सांसदहरूको उपस्थिति रहेको थियो।
गुरुङ यसअघि पनि गृह मन्त्रालयको जिम्मेवारीमा थिए। आफ्नो सम्पत्ति विवरणका विषयमा प्रश्न उठेपछि राजीनामा दिएका गुरुङले सरकारद्वारा गठित छानबिन समितिबाट ‘क्लिनचिट’ पाएपछि पुनः गृह मन्त्रालयको बागडोर सम्हालेका हुन्।
गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तर्फबाट निर्वाचित सांसद गुरुङको गृहमा पुनर्नियुक्ति गरिएको हो।
यसैगरी, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको शपथ लिएका छन्। यसअघि जेनजी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनीपछि फागुन २१ को निर्वाचनअघि पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए।
नवनियुक्त मन्त्रीहरूको यो शपथ ग्रहणसँगै प्रधानमन्त्री शाहको मन्त्रिपरिषद्ले थप पूर्णता पाएको छ।


खगेन्द्र कार्की
प्रतिक्रिया